राजेशले हमालले सम्झिए आफ्नो बुवालाई मेरो बुवाको लास पनि यसरी नै कफिनमा आएको थियो अफगानिस्तानको काबुल घटनाले राजेश ज्यादै दुःखी


काठमाडौं, ९ असार । महानायक राजेश हमालले अफगानिस्तानको काबुलमा आतंकवादी आक्रमणमा परी मारिएका नेपालीहरुप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
 बुधबार अफगानिस्तानमा मारिएका नेपालीको शव विमानस्थल पुगेपछि आफन्तले पीडा पोख्दा खिचिएको फोटो देखाउँदै सामाजिक सञ्जालमार्फत राजेशले मृतकका परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् भने आफ्नो विगतलाई पनि सम्झिएका छन् । 
उनले भनेका छन्- ‘१९९२ मा मेरो बुवाको लास पनि कफिनमा विदेशी भुमिबाट बाट ल्याइएको थियो । विदेशी भुमिमा आफन्त अचानक गुमाउनुको पीडा बुझ्छु ।’ राजेशका पिता पाकिस्तानका राजदूत थिए । सरकारले खटाएको ठाउँमासेवा गर्दागर्दै उनको निधन भएको थियो ।

, , ,

0 comments

Write Down Your Responses