मुम्बईमा लिङ्ग काटेर हत्या गरिएका यि दुई नेपाली युवकको अन्त्येष्टि हेर्नुस भिडियो सहित

मृतक राजु सुनारकी श्रीमती र छोरी उल्हासनगरमै बस्दै आएका थिए भने अर्का मृतक मदन परियारका परिवारजन समेत उल्हासनगरमा पुगिसकेका बताइएको छ । गत विहिबार विहान २ बजे मृतक दुवैजनामाथि स्थानीय कुलतमा फसेका यूवाहरुले सांघातिक आक्रमण गरि लिंग काटेर उनीहरुको निर्मम हत्या गरेका थिए । हत्या भएको सूचना पाए लगत्तै भारतीय प्रहरीले उक्त क्षेत्रमा नाकाबन्दी गर्दै दुई घण्टामै ५ जना अपराधीहरुलाई पक्राउ गरेको थियो भने अहिले आरोपीहरु पुर्पक्षकालागि थुनामा रहेका छन् ।
 स्थानीय एक अदालतले प्रहरीलाई आगामी ८ जुनसम्म थुनामा राखी अनुसन्धान गर्न आदेश दिएको एपिआई समाधान नागरेले बताएका छन् । पाँचैजना अपराधीहरुले अपराध कबुल गरिसकेका छन भने प्रहरीले हत्यामा प्रयोग भएको हतियार, मोटरसाइकल समेत बरामद गरेको थियो । कल्याण तालुका टिटवाला प्रहरी परिसर अन्र्तगत घटित सो हृदयविदारक हत्याकाण्ड पश्चात उक्त क्षेत्रमा काम गर्दै आइरहेका हजारौँ नेपाली श्रमीकहरु अहिले त्रसित अवस्थामा रहेका छन । 
शवयात्रामा प्रवाशी नेपाली संघ भारत, अखिल भारत नेपाली एकता मञ्च, हिरोम नेपाली एकता समाज, नेपाल दलित प्रवाशी संघ भारत लगायत थुप्रै संघसंस्थाका प्रमूख एवं प्रतिनीधिहरुको उल्लेखनीय सहभागीता रहेको थियो । सबै सहभागीहरुले आगामी दिनमा एकताबद्व भएर अघि बढने भन्दै मृतक आत्माको चीर शान्तिको कामना समेत गरेका छन् ।

, , , ,

0 comments

Write Down Your Responses