अब एसएलसीमा डी र ई ल्याउनेहरुलाई १८ महिने कोर्स पुरा पढ्नुस थाहापाई राख्नुस
काठमाडौं: एसएलसी परीक्षामा डी र ई ग्रेड ल्याउने विद्यार्थीलाई लक्षित गरेर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटी ले १८ महिने प्राविधिक शिक्षा पढाउने भएको छ।
एसएलसीको नतिजाअनुसार सामान्य धारका पढाइमा भर्ना हुन नसक्ने र भर्ना हुनसक्ने क्षमता भए पनि प्राविधिक शिक्षा पढ्न चाहने विद्यार्थीले यो कोर्स पढ्न पाउनेछन्।
उच्च माध्यमिक शिक्षा परिषद्ले आफूअन्तर्गतका उच्च माविमा भर्ना हुन ग्रेड प्वाइन्ट एभरेज जीपीए अन्तर्गत न्यूनतम १ दशमलव ६ ल्याउनुपर्ने निर्णय यसअघि नै गरिसकेको छ । १ दशमलव ६ ग्रेडअन्तर्गत सामान्य बुझाइमा ३० देखि ४० अंकसम्म ल्याउने विद्यार्थी पर्छन्।
सीटीईभीटीका सदस्यसचिव डा. रामहरि लामिछानेका अनुसार यस कोर्सअन्तर्गत ३३ वटा विषयको पढाइ सञ्चालन गर्ने निर्णय शुक्रबार गरिएको हो । उनका अनुसार ती विषयको पाठ्यक्रम निर्माणका लागि छलफल सुरु भएको छ।
'दुई साताभित्रमा पाठ्यक्रम तयार गरिसक्छौं’, लामिछानेले भने । सीटीईभीटीले यस कोर्सलाई टी एसएलसी भनेको छ।
३३ वटा विषयको पढाइ सञ्चालन गर्ने भनिए पनि विषयअनुसार कुनै विषयलाई एक वर्षको पढाइ तथा ६ महिना अन द जब ट्रेनिङ ओजेटी र कुनै विषयमा १५ महिने पढाइ र तीन महिना ओजेटी गराइनेछ । लामिछानेले भने,'सबै विषय एकै प्रकृतिका हुँदैनन्।


0 comments
Write Down Your Responses