यी दुई युवतीहरूको यस्तो धन्दा पुरा पढ्नुहोस

यी युवतीहरूको यस्तो धन्दाकाठमाडौं, २२ जेठ । २७ वर्षीया चिनियाँ युवती छिन दोङदोङको गोन्जाओमा कपडा पसल छ । पसल सानै भए पनि उनको कमाइ राम्रो थियो । त्यही कमाइबाट उनले ल्हासा घुम्ने योजना बनाइन् । र, आफ्ना नाइजेरियन साथी खेस्लीलाई ‘ह्वाट्स एप’ मार्फत सुनाइन् । ‘ल्हासाभन्दा नेपाल धेरै रमाइलो छ, नेपाल घुम्न जाउ,’ खेस्लोले उनलाई भन्यो, ‘मेरो पनि एउटा सामान नेपालबाट गोन्जाओ ल्याउनु छ, बरु म पनि अलिकति खर्च दिउँला ।’ 
नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । हवाईटिकटलगायतको खर्च साथीले नै दिने भएपछि उनले नेपाल आउने योजना बनाइन् । नेपाल आउँदा ल्हासा पनि घुमेर फर्कने उनको योजना थियो । नेपालबाट केरुङ नाका हुँदै ल्हासा घुमेर फर्कने अफर गरिएको थियो । नेपाल पनि घुमिने, ल्हासा पनि घुमिने र त्यसबापत खर्च पनि पाउने भएपछि दोङदोङ मख्ख पर्दै गत बिहीबार नेपाल आइन् । नेपालबाट एउटा सानो डोरीको पोको गोन्जाओ ल्याइदिन उनलाई नाइजेरियन साथीले पैसा दिएका थिए । गत १३ जेठमा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएर ठमेलस्थित होटेल पुगेर आराम गर्दै थिइन् । कसैले उनको ढोका ढकढक्यायो । ढोका खोल्दा होटेलका कर्मचारीसहितको एउटा समूह आयो । 
प्रहरीको परिचयपत्र देखाउँदै कोठामा छापा मार्‍यो । उनका सरसामान बरामद गरी कोटेश्वर पुर्‍यायो । त्यसपछि मात्र उनले डोरीको झोला लिन भनेर पठाएका नाइजेरियन साथीले उनलाई कोकिन ओसार्न त्यसरी नेपाल पठाएका थिए भन्ने थाहा पाइन् । कोकिन कारोबारमा संलग्न नाइजेरियन माफियाले उनलाई नेपाल घुम्न पठाउने बहानामा त्यसरी कोकिन तस्करीमा प्रयोग गरेका थिए । माफियाका सहयोगी बनेका पाँचजनालाई प्रहरीले २ केजी ७ सय २२ ग्राम कोकिनसहित पक्राउ गरिसकेको थियो । ‘एयरपोर्टबाट लैजाँदा प्रहरीले पक्राउ गर्न सक्ने भएकाले उनलाई केरुङ नाका हुँदै कोकिन चीनमा तस्करी गर्न प्रयोग गरिएको थियो,’ लागुऔषध नियन्त्रण ब्युरो (एनसिबी)का डिआइजी जयबहादुर चन्द भन्छन्, ‘अन्तर्राष्ट्रिय कोकिन कारोबारी गिरोहले काठमाडौंलाई ट्रान्जिट बनाएर कारोबार गरेको देखियो ।’ ब्युरोले अप्रेसन फिसअन्तर्गत ६ देशका ६ नागरिकलाई पक्राउ गर्न सफल भयो ।
 भेनेजुएलाकी युवती यमिरिस कार्मेन, नाइजेरियाका मोहम्मद लेमिन डोबा, भारतीय नागरिक तोसिब खान र नेपाली दिलबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको थियो । यसरी प्रहरीले एकैपटक चार तहको गिरोहका पाँच देशका नागरिकलाई पक्राउ गर्न सफल भएको हो । करिब ६ वर्षअघिबाट भरिया बनेर हङकङमा चरेस तस्करी गर्ने तनहुँका दिलबहादुर गुरुङ कोकिन कारोबारका क्रममा पहिलोपटक नै पक्राउ परेका थिए । हङकङमा रहेका वाहिद खानसँग मिलेर उनले कोकिनको कारोबार सुरु गरेका हुन् । चरेसभन्दा कोकिनमा धेरै पैसा रहेको देखेपछि उनी यस्तो कारोबारमा लागेका थिए । चरेस कारोबार गर्दा दर्जनौँपटक प्रहरीको आँखा छल्न सफल भएका उनी कोकिन कारोबारका क्रममा भने पहिलोपटक नै प्रहरीको पन्जामा परे ।
 नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो (एनसिबी)ले चलाएको अप्रेसन फिसअन्तर्गत गुरुङसहित चारजना अन्तर्राष्ट्रिय कारोबारी पक्राउ परेका छन् । प्रहरीका अनुसार भेनेजुएलाली महिला यमरिसलाई भेनेजुएलामा बस्ने जोन क्याथरिन नामक साथीले नेपाल पठाएकी हुन् । क्याथरिनले जोन भन्ने व्यक्तिलाई भेटी माछा मार्न प्रयोग हुने डोरी भन्दै त्यसभित्र कोकिन लुकाएर नेपाल पठाएकी थिइन् । पासपोर्टसमेत उनै क्याथरिनले बनाइदिएकी थिइन् ।
 उनी भेनेजुएलाबाट, कोलम्बिया, ब्राजिल र दुबई हुँदै गत २५ वैशाखमा काठमाडौं आइपुगेकी थिइन् । उतैबाट उनका लागि ठमेलको एक होटेल बुक गरिएको थियो । काठमाडौं आएको पाँच दिनपछि उनले दिलबहादुर र नाइजेरियन नागरिक मोहम्मद लामिन दोबलाई कोकिन दिएकी थिइन् । नौवटा धागोको रोल बनाई त्यसभित्र कोकिन लुकाइएको थियो । यामरिसले स्पेनिस मात्र बोल्न जान्ने भएकाले कोकिनको व्यवस्थापन गर्न नाइजेरियन नागरिक चीन हुँदै नेपाल आएका थिए । उनलाई नाइजेरियाका व्यापारी तोचुखु ओगाटेले पठाएका थिए । ओगाटे नाइजेरियाका ठूला फर्निचर व्यवसायी हुन् । ‘तर, उनी फर्निचर व्यवसायको आवरणमा कोकिनको ओसारपसारमा लागेका व्यक्ति हुन्,’ डिआइजी चन्द भन्छन्, ‘नाइजेरियामा पनि उनको धन्दाबारे त्यहाँको प्रहरीलाई जानकारी नभएको देखिन्छ ।
’ डोबा ओगाटोकै फर्निचर कम्पनीमा करिब पाँच वर्षदेखि कार्यरत छन् । चीनबाट उनले फर्निचर आयात गर्दछन् । सँगै कोकिनको पनि कारोबार गर्दै आएको प्रहरीले जनाएको छ । सहज भिसाका लागि उनले गिनीको नक्कली पासपोर्ट प्रयोग गर्दै आएका थिए । नाइजेरियनलाई धेरै देशले भिसा नदिने भएकाले उनी गिनीको पासपोर्ट बनाएर तस्करीमा लागेका थिए ।

, ,

0 comments

Write Down Your Responses