काबुलमा मारिएका १३ जना नेपालीहरुका परिवारले जनही ३० लाख पाउने

काठमाडौं, असार १४ । काबुलमा आत्माघाती आक्रमणमा मारिएका १३ नेपालीले विमा बापत ३० लाख रुपैयाँ पाउने भएका छन् । साबेर इन्टरनेसनल सेक्युरिटीमार्फत बिमा रकमस्वरुप तत्काल ३० लाख रुपैयाँ क्षतिपूर्ति पाउने भएका हुन् । तर, घाइतेका हकमा भने क्षतिपूर्ति रकमको टुङ्गो भैसकेको छैन् । आतंकवादी हमलामा मारिएका नेपालीलाई उपलब्ध गराउन लागेको विमा रकम सबैभन्दा थोरै हो । 
अफगानिस्तानमै दुर्घटनाले मृत्यु भएका कामदारले ६० लाख रुपैयाँसम्म क्षतिपूर्ति पाएका छन् । काबुल बिष्फोट काण्डपछि नेपाल सरकारले तत्कालका लागि इराक, सिरिया र लिबियासँगैअफगानिस्तानमा जान प्रतिबन्ध लगाइसकेको छ । अफगान सरकारको गृह, रक्षा मन्त्रालय तथा जासुसी निकायले गरेको अध्यनमा गत साताको काबुल बिष्फोट काण्ड नेपाली कामदार लक्षित नरहेको पाइएको छ ।

, , ,

0 comments

Write Down Your Responses