बलात्कार पीडितसँग सेल्फी लिदै महिला आयोगकी सदस्यले यो तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ पुरा पढ्नुस खबर
१६ असार, काठमाडौं । भारत राजस्थानको महिला आयोगकी महिला आयोगकी सदस्यले बलात्कार पीडित महिलासँग सेल्फी खिचेकी हुन् । यो तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ र महिला आयोगका अध्यक्षसँग लिखित जवाफ मागिएको छ ।
यो तस्वीर आयोगका सदस्य सौम्य गुर्जरले खिचेकी हुन् । तर, तस्वीरमा अध्यक्ष सुमन शर्मा पनि देखिएकी छन् ।
पीटीआईका अनुसार यो सेल्फी बुधबार खिचिएको थियो, जतिबेला महिला आयोगका पुरा अध्यक्ष शर्मा र सदस्य गुर्जर जयपुरमा एक महिला प्रहरी चौकीमा बलात्कार पीडितलाई भेट्न गएका थिए ।
शर्माले भने तस्वीर कुनबेला लिइएको आफूलाई थाहा नभएको बताइन् । साथै सदस्यसँग स्पष्टिकरण लिने बताइन् ।एक सदस्यको सेल्फीलाई लिएर बबाल मच्चिएको छ ।


0 comments
Write Down Your Responses