१२ जना नेपालीको शब ल्याउनको लागि अफगानिस्तानमा जहाज पठाउने सरकारको निर्णय
काठमाडौ– सरकारले आतंककारी आक्रमणमा मारिएका १२ नेपालीको शब स्वदेश ल्याउनको लागि अफगास्तिानमा जहाज पठाउने भएको छ ।
उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले १२ नेपालीहरुको शबका साथै घाइतेहरुलाई लिन अफगानिस्तानमा जहाज पठाउने सरकारले निर्णय गरेको जानकारी दिए ।
थापाले जहाज पठाउनका लागि आवश्यक तयारी भइरहेको भइरहेको भन्दै दुःखको यस घडीमा मृतक र घाइतेलाई स्वदेश फर्किउन सरकारले निकै गम्भीरताका साथ काम गरिरहेको बताए ।
अफगानिस्तानमा आतंककारी हमलामा निधन भएका नेपालीहरुको शव र घाईतेहरु लिन सरकारले नेपालबाट जहाज पठाउने निर्णय गरेको छ।त्यसको आबश्यक तयारि हुंदैछ काबुलमा सोमबार भएको आत्मघाती आक्रमणमा १२ नेपाली र २ भारतीय नागरिक गरी १४ जनाको ज्यान गएको थियो भने अन्य ९ जना घाइते भएका थिए । घाइतेमध्ये ६ जना नेपाली छन् ।
बम हमलामा मारिने नेपालीहरु काबुलमा रहेको क्यानेडाली राजदूतावसमा कार्यरत थिए ।


0 comments
Write Down Your Responses