नेपालमाथि थप हस्तक्षेप गर्न मोदीलाई कसले गर्यो त आह्वान ? चीनलाई रोक्न माग पुरा पढ्नुहोस
काठमाडौं, १२ असार । पाँच महिना लामो नाकाबन्दी र बेला बेला सीमा अतिक्रमण गरी नेपालमाथि बारम्बार हस्तक्षेप गर्दै आइरहेको दक्षिण छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालमा थप हस्तक्षेप गर्न आह्वान गरिएको छ ।
भारतीय हिन्दू जनजागृति समितिले मोदीलाई नेपालको नयाँ संविधान खारेज गरी पुनः हिन्दूराष्ट्र घोषणाका लागि हस्तक्षेपकारी भूमिका निर्वाह गर्न आग्रह गरेको भारतीय पत्रिका इन्डियन एक्सप्रेसले समाचार लेखेको छ ।
भारतको गोवामा सम्पन्न सम्मेलनबाट निर्णय नै गरी समितिले नेपाललाई हिन्दूराष्ट्र बनाउन मोदीलाई कडा कदम चाल्न आह्वान गरेको हो ।
नेपालकै हिन्दूवादी संगठनको पहलमा भारतीय हिन्दू संगठनले मोदीलाई हिन्दूराष्ट्रका लागि नेपालमाथि हस्तक्षेपकारी कदम चाल्न आग्रह गरेको बताइएको छ ।
यसैगरी भारतीय हिन्दू जनजागृति समितिले नेपालमा चीनले अनावश्यक फाइदा लिन खोजेको निष्कर्ष निकाल्दै चीनलाई रोक्न पनि आवश्यक कदम चाल्नुपर्ने सुझाव मोदीलाई दिएको छ ।


0 comments
Write Down Your Responses