काठमाण्डाैमा फेरी अर्का गुण्डा नाइकेमाथी गाेली प्रहार प्रहरीमाथी जाइलागेपछि यसरी भयाे यस्तो हमला हेर्नुस भिडियो सहित

काठमाडौँ । गुन्डागर्दीमा संलग्न भएको आरोपमा पक्राउ गर्न जाँदा प्रहरीमाथि नै जाई लागेपछि प्रहरीले आज दिउँसो एक युवकमाथि बिजुलीबजारमा गोली प्रहार गरेको छ । महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालले गुन्डागर्दीमा संलग्न जसवन्त राईलार्ई पक्राउ गर्न प्रयास गर्दा उल्टै प्रहरीमाथि आक्रमण गरेर भाग्न खोजेपछि गोली प्रहार गरिएको जानकारी दिनुभयो । उनको घुँडा र तिघ्रामा दुई गोली लागेको छ । 
घाइते राईलाई वीर अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । प्रहरीसँगको झडपमा उनका अन्य चार÷पाँच जना सहयोगी मोटरसाइकल चढी भाग्न सफल भएको खनालले जानकारी दिनुभयो । राईमाथि ज्यान मार्ने उद्योगलगायत चार÷पाँच वटा सार्वजनिक अपराधको मुद्दा रहेको प्रहरीले जनाएको छ । उनी कालिमाटी, कलङ्कीदेखि बानेश्वर क्षेत्रमा गुन्डागर्दी गर्ने र फिरौती उठाउने कार्यमा संलग्न रहेको बताइएको छ । उनी बाफलमा बस्दै आएका थिए ।

, , ,

0 comments

Write Down Your Responses