जब भेडा चराउने केटी पनि बनिन देशकै पहिलो महिला शिक्षामन्त्री

काठमाडौं, १६ असार । अमेरिकी राष्ट्रपतिको चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले आफू अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भए मुश्लिमलाई प्रतिबन्ध लगाउने र आप्रवासीलाई आउन रोक्ने घोषणा गरेका छन् । उनी मेक्सिकन आप्रवासीहरुलाई अमेरिकाबाट निकाल्ने ढोका खोल्न चाहन्छन् । 
साथै हंगेरी र स्लोवाकिया जस्ता देशहरु पनि सिरियाको द्वन्द्वबाट विस्थापित आप्रवासीलाई शरण दिन तयार छैनन् । यस्तो भयानक अवस्थामा फ्रान्सकी शिक्षामन्त्री नजत बेल्कासेम सबैका लागि प्रेरणा बनेकी छिन् । यद्यपी बाल्यकाल गरिबी र अभावमा गुज्रेको होला तर, इमान्दार र लगनशील भए असम्भव केही छैन् भन्ने उदाहरण उनी बनेकी छिन् ।मोरक्कोको एक सामान्य मुस्लिम परिवारमा जन्मिएकी उनी अहिले फ्रान्सको प्रथम महिला शिक्षा मन्त्री बनेकी हुन् । 
१९७७ मा जन्मिएकी नजत बेल्कासेमका पिता बल्डिङ कन्सट्रक्सनमा काम गर्थे । उनले भेँडा चराउने र त्यसकै दुध बेचेर परिवार पाल्थे । भेँडा चराएर फर्किएपछि मात्र नजत पढ्न पाउँथिन् । धेरै पैसा कमाउने सोंचेर नजतका पिता फ्रान्स आए र १९८२ मा छोरीलाई पनि त्यहीँ बोलाए ।ब्यक्तिगत तवरमा मेहनत गर्दै पढाइ अघि बढाएर सन् २००२ मा पेरिस इन्स्टिट्यूट अफ पोलिटिकल स्टडिजमा ग्राजुएशन गरेकी नजत सोशलिष्ट पार्टीमा प्रवेश गरेर नागरिक अधिकारको आन्दोलन शुरु गरिन् ।
 उनले नागरिकहरुलाई सस्तो घर दिलाउने आन्दोलनको नेतृत्व गरिन् । यसका साथ्र उनले भेदभावविरुद्ध पनि आन्दोलन गरिन् । सन् २००८ मा उनी रोन अलपाइनबाट काउन्सिल मेम्बर चुनिइन् । त्यसपछि उनले लगातार चुनाव जित्दै आएकी छिन् । सन् २०१२ मा नजतलाई महिला अधिकार मन्त्री बनाइयो । राष्ट्रपति फ्रान्स्वाँ ओलाण्डले उनलाई आफ्ना प्रवक्ता नै नियुक्त गरे ।
 अन्ततः सन् २०१४ मा नजत देशकै पहिलो महिला शिक्षा मन्त्री बनिन् । भेडा चराउनेदेखि मन्त्रीसम्मको यात्रा नजत एक मोरक्कन मुश्लीम फ्रेञ्च मन्त्री हुन् । उनको बाल्यकाल भेडाको झण्डसँग वित्यो । नजतले आफ्नो वित, जन्मस्थान र अन्य कारण धेरै आलोचना र विभेद सहनुपर्यो ।
 उनको विरुद्ध कन्जर्वेटिभ पोलिटिशन सेक्सिस्ट र नस्ली टिप्पणी खुब गरिन्थ्यो । उनीमाथि कैयौ लाल्छना पनि लगाइयो । उनको पोशाकलाई लिएर पनि विपक्षीहरुले भद्दा टिप्पणी गर्थे । यद्यपी नजत यसबाट कतिपनि बिचलित भइनन् डटेर सामना गरिन र आज सफलता चुमिन् ।

, ,

0 comments

Write Down Your Responses