तपाईहरुको काखी किन गन्हाउँछ ? यी हुन पाँच बच्ने उपाय जनिराख्नुहोस

एजेन्सी –मानिसको ठूलो समसया हो काखी गन्हाउँने । काखीमा पसिना आएपछि ब्याक्टेरिया उत्पन्न हुन्छन् र त्यसको दुर्गन्ध शरिरभर फैलिएर समग्रमा शरिर गन्हाउँछ । धेरैलाई लाग्ला यो सरुवा रोग भन्ने तर होइन सरसफईको कमी भयो भने काखी गन्हाउँने समस्याले सताउने गर्छ । कसैलाई लाग्ला शरिरको कुनै पनि अंगमा आउने पसिनालाई रोक्न सकिदैन ? तर, पसिना आउन रोकन सकिदैन यो नियमितता हो । विशेष गरी गर्मिको मनिमा यो समस्याले सताउने गर्छ ।
 गर्मी मौसममा धेरै पसिना आउने कारणले पनि काखी गन्हाउने गर्दछ । यो समस्याका कारण कतिपयलाई सार्वजनिक स्थल वा कार्यलयमा बस्दा समस्या पर्ने गर्छ । कुनै उपचार बिनानै सहज रुपले पनि घरेमा यो समस्याको हल गर्न सकिन्छ । किनकी यसका समाधान पनि छन् । काखी गन्हाउने समस्याबाट बच्ने उपाय निम्न प्रकार छन्ः सरसफाई र स्वास्थ्यमा ध्यान काखीमा पसिना आएपछि ब्याक्टेरिया उत्पन्न हुन्छन् र त्यसको दुर्गन्ध शरिरभर फैलिएर समग्रमा शरिर नै गन्हाउँछ ।
 हाम्रो शरिरको कुनै पनि अंगमा आउने पसिनालाई रोक्न सकिँदैन किनकी पसिना आउनु पनि एउटा नियमितता हो । तर यसबाट उत्पन्न हुने समस्याबाट बच्न गर्मी मौसममा कम्तिमा एकपल्ट नुहाउने गर्नुपर्छ । विशेगरी एन्टिब्याक्टेरिया साबुनको प्रयोग गर्नुपर्छ । हावा छिर्ने प्राय कटन र फाईबरका लुगा लगाउनुपर्छ । पसिना नसोस्ने तथा छालामा पनि अशर गर्ने भएकोले गर्मी मौसममा सिन्थेटिक्सयुक्त कपडा लगाउनुपर्छ । खाना खाँदा बिचार पु्र्याउँ खानाले पनि धेरै फरक पार्छ गर्मी मौसममा कफीको मात्रा, जंक फुड र तेलीय खानेकुरा घटाउनै पर्छ । यी खानेकुरा विशेषगरी क्याफिनले पसिना ग्रन्थीलाई उत्तेजित बनाउँछ जसका कारण शरिरमा अत्यधिक पसिना आउने र गन्हाउने गर्छ । 
मौसमी फलफुल र प्रर्याप्त पानी पिउँदा पनि पसिना गन्हाउने समस्याबाट केही हदसम्म बच्न सकिन्छ । काखीमा कागती कागती बहु उपयोगी हो काखी गन्हाउने समसयाको ठुलो औषधकिो रुपमा लिइन्छ । यको रस दल्नु सबैभन्दा उपर्युक्त घरेलु तरिका हो । यसबाट कुनै साइड इफेक्ट हुँदैन । आधा टुक्रा काटेको कागती काखीमा निचोरेर दल्ने र यसलाई केही समय सुक्न दिएर लुगा लगाउनुपर्छ । यसको केहीबेर पछि चिसो पानीले नुहाउनुपर्छ । यसले शरिरबाट आउने पसिनायुक्त गन्धबाट मुक्त गर्नुका साथै लामो समयसम्म ताजा राख्छ । तुलसी र निम पात तुलसी र निम दुबैमा ब्याक्टेरिया बिरोधी तत्वहरु हुन्छन् ।
 यसले ब्याक्टेरिया उत्पन्न हुनबाट बचाउँछ । तुलसी र निमको पातको लेपन बनाएर काखी वा शरिरको पसिन आउने अन्य भागमा लगाउनुपर्छ । केही समय रहन दिएर धुने वा नुहाउने गर्नुपर्छ । सातामा तीन पटक यस्तो लेपन लगाउँदा उत्तम हुन्छ । 
नुहाउनु भन्दा अगाडि यो लगाउँदा प्रभावकारी हुन्छ । छालाको पीएच घटाउ एसिड भएको समयमा छालाको ब्याक्टेरिया बाँच्न सक्दैन । तसर्थ स्याउको वाइन, भिनेगार, चियाको तेल र विच हेजल लगाउँदा पनि शरिरको दुर्गन्ध हट्छ । स्याउको वाइन, भिनेगर र विच हेजललाई पाखुरामुनि दल्ने गर्नुपर्छ ।

, , ,

0 comments

Write Down Your Responses