हेर्नुस न अचम्मै आमाको दूध अमृत नभइ यसरी विष बन्यो !पुरा पढ्नुहोस
भारत । भारतमा एक १८ महिने बालकले आमाको दूध चुस्दा ज्यान गुमाउनु परेको छ । आमाको दूध अमृत समान हुने भए पनि विष मिसिएको दूध भएपछि बालकको ज्यान गएको हो ।
वास्तवमा आमाको दूधमा विष मिसिनुको कारण ती आमालाई सर्पको डसेको थियो । सर्पले डेसपछि बालकले दूध चुसे बाललको ज्यान गयो भने आमाको पनि मृत्यु भएको छ ।
यो घटना भारतको आन्ध्र प्रदेशस्थित अनन्तपुर जिल्लाको हो । अनन्तपुर जिल्लाको लटचनापल्ली गाउँमा बस्ने चन्द्रकला नामकी २८ वर्षीया महिलालाई गत बिहिबार घरमै सुतेको बेला रातमा सर्पले डसेको थियो । उनले खुट्टामा कुनै किराले टोकेको होला भनेर वास्ता गरिनन् ।
रातमा आफुसँगै सुताएको सानो छोरालाई उनले दुध चुसाइन् पनि ।
सर्पले डसेका कारण चन्द्रकलाको मात्र होइन जिउमा विष फैलिएका कारण उनको दुध चुस्ने बच्चाको पनि रातभरमा अवस्था निकै नाजुक बनिसकेको थियो ।
अर्को बिहान उठ्दा चन्द्रकलाका श्रीमानले श्रीमती र छोराको मुखबाट फिँज निस्किरहेको देखे । आमाछोरालाई उपचारका लागि अस्पताल लगियो । जहाँ उनीहरुको उपचारकै क्रममा मृत्यु भयो ।
पछि मृत्युको कारणबारे जाँच गर्दा चन्द्रकलालाई सर्पले डसेको र उनको सरीरमा विष फैलिँदा दुध समेत विखालु भएको अनि सोही दुध चुस्दा छोराको समेत मृत्यु भएको निष्कर्ष निकालिएको थियो ।


0 comments
Write Down Your Responses