यी हुन महिलाहरुले झेल्नु पर्ने गर्धनको दुखाइ पुरा पढ्नुस थाहापाई राखे राम्रो

जेष्ठ २९, २०७३- हालै गरिएको एउटा अनुसन्धानअनुसार महिलाले पुरुषको दाँजोमा गर्धन दुखाइको बढी झेल्नु पर्दो रहेछ। यो अनुसन्धान ‘अमेरिकन एकेडमी अफ पेन मेडिसिन इन पाल्म स्प्रिङ’ को वार्षिक बैठकमा प्रस्तुत गरिएको हो।
 यो अध्ययनअन्तर्गत लोयला युनिभर्सिटी सिकागो स्ट्रिच स्कुल अफ मेडिसिनका अनुसन्धानकर्ताहरूले दुखाइको उपचार गराइरहेका ३ हजार ३ सय ३७ बिरामीमा अध्ययन गरे। यो दुखाइ ‘सर्वाइकल डिजेनरेटिभ डिस्क’ रोग ले गर्दा हुन्छ भने पुरुषको दाँजोमा महिलालाई यो समस्या १.३८ प्रतिशत बढी हुने सम्भावना हुन्छ। 
‘सर्वाइकल डिजेनरेटिभ डिस्क’ रोग गर्धन दुखाइको सामान्य कारण हो। यसमा पोल्नु, झमझम गर्नु, कठोरता, तन्काइ आदि अनुभव हुन्छ। टाउको र गर्धन हल्लाउँदा तीव्र दुखाइको अनुभव हुन्छ। अध्ययनअनुसार महिलामा पुरुषको दाँजोमा दुखाइको बिस्तार अलि बढी पाइयो।

, , , ,

0 comments

Write Down Your Responses