नियम मिचेर सफारी कुदाउने भनेर एक महिला चालकलार्इ ट्राफिक प्रहरीकाे यस्तो चडकन धरान ३ घण्टा तनावग्रस्त हेर्नुस भिडियो सहित

धरान / ट्राफिक प्रहरीले सिटी सवारी महिला चालकमाथि हातपात गरेको भन्दै धरानको भानुचौक दुई घण्टाभन्दा बढी तनावग्रस्त बनेकाे छ । सिटी सवारी चालक दिलु विकलाई जिल्ला ट्राफिक प्रहरी कार्यालयका एक ट्राफिक जवानले गालामा दुई थप्पड हानेको भन्दै चालकहरुले धरानको भानुचौक दुईघण्टा भन्दा बढी अवरुद्ध गरेका छन भने कुटपिटमा संलग्न ट्राफिकमाथि कारबाहीको माग गरी वडा प्रहरी कार्यालय अगाडि धर्नासहित नाराबाजी समेत गरेका छन् ।
दिउसो १२ बजेको समयमा भोटेपुलबाट भानुचौकतर्फ आउदै गरेको सिटीसवारीलाई रोकी ट्राफिक जवान गणेश कार्कीले विना नम्बर प्लेटको गाडी कुदाउन पाइदैन जरिवाना तिर्नुपर्छ भनेपछि दुवैबीच विवाद भएको र भनाभनकै क्रममा एक्कासी आफूलाई गालामा झापड हिर्काएको पीडित विकको आरोप छ । कुटपिट गरेको विरोधमा सिटी सफारी चालकले भानुचौकमा चारैतिर सिटी सफारी राखी सवारी आवागमनमा रोक लगाएपछि सिटी सवारी व्यवसायी संघ, सिटी सवारी चालक संघ का पदाधिकारी, इलाका प्रहरी कार्यालय धरानमा प्रमुख डिएसपी ढकेन्द्र खतिवडा, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक मेघराज अधिकारी र पीडितबीच वडा प्रहरी कार्यालयमा बसेको छलफलमा केही बेर तानव उत्पन्न भएको थियो । 
 अन्त्यमा इलाका प्रहरी कार्यालय धरानमा डिएसपी ढकेन्द्र खतिवडा र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक मेघराज अधिकारीले दोषी भुजेललाई विभागीय कारबाही गरी सिटी सफारीलाई पनि निर्वाध रुपमा चलाउन दिने आश्वासपछि भने आक्रोसित चालकहरु मत्थर भएका थिए । 
 छलफलमा सिटी सफारी व्यवसायी एवम् चालकहरुले धरानमा रहेका सिटी सवारीहरु यातायात व्यवस्था कार्यालय इटहरीमा दर्ता प्रक्रियामा रहेको र चाडै दर्ता भएर वैधानिक रुपमा सञ्चालन नहुन्जेल ट्राफिकले अनावश्यक रुपमा दुःख नदिने, दोषी ट्राफिक प्रहरीलाई कारबाही गर्ने सहमति भएकाे छलफलमा सहभागी इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो । धरानमा ७ सय ८० वटा सिटी सवारी सञ्चालनमा रहेको र ती सबै प्रक्रियाका लागि धरान उपमहानगरपालिकाले सिफारिस समेत दिइसकेको छ ।

, ,

0 comments

Write Down Your Responses