ल पढ्नुहोस हेर्नुस भिडियो विहे गरेकी श्रीमती भर्जिन नभएपछि यस्तो भयो !
एजेन्सी । महाराष्ट्रको नासिकमा विहे गरेको दुई दिनमै एक पुरुषले श्रीमतीसँग छोडपत्र गरेका छन् ।
विहे गरेकी श्रीमती ‘भर्जिन’ कुमारी नभएको भन्दै पञ्चायतबाटै ती पुरुषले छोडपत्र गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
पञ्चायतसामु श्रीमतीले विहे अघि नै कुमारीत्व गुमाएको आरोप पुष्टि ती युवकले गरेका थिए ।
यसैआधारमा नासिकको यो गाउँमा जात पञ्चायतले नवविवाहित युवती भर्जिन नरहेको निष्कर्ष निकाल्दै छोडपत्र गर्न पाउने आदेश दिएको थियो ।
नवविवाहित युवती कुमारी हुन वा होइनन् यसको फैसला गर्न पञ्चायतले दुबैलाई विस्तरामा यौनसम्पर्क गर्न लगाएका थिए ।
यौनसम्पर्कपछि विस्तराको तन्नामा कुनै दाग मिलेन भने युवतीलाई भर्जिन मानिने छैन् भनिएको थियो ।
ठिक त्यसै भयो ।
यो घटनामा युवती पक्षले भने उनी पुलिस भर्तीको तयारीमा रहेको र त्यसका लागि कडा शारीरिक अभ्यास गरिरहेकी थिइन् ।
जसका कारण यस्तो भएको बताएको छ ।
पञ्चायतको यो फैसलाविरुद्ध पीडित युवती र उनकी आमा प्रहरीमा जान खोजेका थिए तर, उनका बुवाले रोकेका छन् ।
यति मात्रै होइन् आमा छोरीलाई करिब एक हप्तासम्म घरमा नजरबन्दमा पनि राखेका थिए ।
अन्तमा आमाछोरी मिडियाको सम्पर्कमा आएपछि यो घटना बाहिर आयो ।


0 comments
Write Down Your Responses