अमेरिकाले कारवाही गर्ने धम्की दिएपछि यसरी चीनले गर्यो यस्तो कडा प्रतिवाद पुरा पढ्नुहोस

काठमाडौं, २३ जेठ । अमेरिकी रक्षा मन्त्रालयले चीनमाथि कारवाही गर्न बाध्य हुने धम्की दिएपछि चीनले त्यसको कडा प्रतिवाद गरेको छ । शनिबार अमेरिकी रक्षा सचिव एश्टन कार्टरले दक्षिण चीन सागरमा फिलिपिन्सले दाबी गरेको एक टापुमा चीनले निर्माण कार्य गरिरहेको भन्दै त्यस्तो हर्कत नरोके संयुक्त राष्ट्र संघसहित बाँकी देश मिलेर कारवाही गर्न बाध्य हुनेछौं भनेर धम्कीसहितको चेतावनी दिएका थिए । आइतबार चीनले यो चेतावनीलाई अमेरिकाको ‘भड्काउने’ कदम भनेको छ ।
 उसले दक्षिण चीन सागरमा आफ्ना छिमेकीसँगको सीमा विवाद आन्तरिक मामिला भन्दै कसैसँग नडराउने स्पष्ट पारेको छ । सिंगापुरको एक सुरक्षा सम्मेलनलाई सम्बोधन गर्दै चीनका ऐडमिरल सुन जिआनगुओले अमेरिकातर्फ संकेत गर्दै भनेका छन्- ‘बाहिरका देशहरुले यो विवादको अवस्थामा सकारात्मक भुमिका निभाउनुपर्छ । नकारात्मक तरिकाबाट बोल्नुहुँदैन् । दक्षिण चीन सागरको मुद्दा केही देशहरुद्धारा आफ्नो स्वार्थी फाइदाका कारण भड्काएका कारण आवश्यकता भन्दा बढी चर्चा भइरहेछ ।’ अमेरिकी धम्कीको कडा प्रतिवाद गर्दै ऐडमिरलले अगाडि भनेका छन्- ‘हामीहरु समस्या विवादहरु ल्याउँदैनौं । तर, हामी हामी कुनैपनि समस्याबाट डराउँदैनौं ।
’चीनले शान्तिपूर्ण तरिकाले सीमा विवाद सुल्झाउन चाहेको भन्दै उनले अमेरिकामाथि ‘शीत युद्ध’को मानसिकताका साथ भड्काउने काम गरिरहेको आरोप लगाए । उनले भनेका छन्-‘म फेरि दोहोर्याउन चाहन्छु कि दक्षिण चीन सागरमा हाम्रो नीति बदलिएको छैन् र कसैले धम्की दिँदैमा बदलिने पनि छैन् । चीनसँग शान्तिपूर्ण सम्वाद तथा छलफलबाट विवाद सल्झाउने समझदारी र धैर्य छ । हामी यो कुराको पनि यकिन गर्छाै कि जून देशसँग हाम्रो यो विवाद छ, उनीहरुमा पनि चीनसँग शान्तिको बाटोबाट अगाडि बढ्ने समझदारी र धैर्य छ ।’
 पछिल्लो समय दक्षिण चीन सागरमा चीनले धमाधम टापु कब्जा गर्दै कृत्रिम निर्माण कार्य गरिरहेको छ । चीनको यो कदमविरुद्ध अमेरिकाले बेला बेला भड्काउने कदमहरु उठाइरहेको छ । केही महिनाअघि चीनलाई रोक्न भारतले पनि अमेरिकासँग हात मिलाएको थियो ।

, ,

0 comments

Write Down Your Responses