हेर्नुस तपाईहरुको अाजकाे राशिफल वि.सं. २०७३ आषाढ १५ गते बुधबार
वि.सं. २०७३ आषाढ १५ गते बुधबार तदनुसार ई. सं. २०१६ जुन २९ तारिख,
सौम्य नामक संवत्सर, शाके :— १९३८, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :— ११३६, (तछलागा)
काठमाण्डौ, नेपालमा सूर्योदय बिहान ०५:१२ बजे र सूर्यास्त : साँझ ०७:०२ बजे
इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:०७ बजे र सूर्यास्त : साँझ ०६:५१ बजे
पोखरा, कास्की, नेपालमा सूर्योदय :
बिहान ०५:१८ बजे र सूर्यास्त : साँझ ०७:०७ बजे
आषाढ कृष्णपक्षको नवमी तिथि, बिहान ०६:०९ बजेसम्म, त्यसपछि दशमी तिथि,
अश्विनी नक्षत्र, मध्यरात्रीपछि ०२:१९ बजेसम्म, त्यसपछि भरिणी नक्षत्र, चन्द्रमा मेष राशिमा (अहोरात्र व्याप्त),
अतिगण्ड योग, दिउँसो ०२:४२ बजेसम्म, त्यसपछि सुकर्मा योग,
विष्टि (भद्रा) करण, दिउँसो ०४:५४ बजेसम्म त्यसपछि बब करण,
आनन्दादि योग : मृत्यु, चन्द्रवर्ण : रातो, चन्द्रदिशा : पूर्व, योगिनीदिशा : पूर्व, वारशूल : उत्तर,
आजको चाडपर्व र उत्सव :
नक्वादिशि, दहीचिउरा खाने दिन, असारको पन्ध्र, पुष्पलाल जयन्ती , राजा महेन्द्र जयन्ती
आगामी ३ दिनभित्र पर्ने चाडपर्व र उत्सव तथा शुभ मूहुर्त :
भोलिको चाडपर्व र उत्सव : स्मार्तहरुले लिने योगिनी एकादशी व्रत
१७ गते : वैष्णवहरुले लिने योगिनी एकादशी व्रत, नेपाल संसद् दिवस, दशरथचन्द्र जयन्ती,
१८ गते : शनिप्रदोष व्रत, खेलकुद पत्रकारिता दिवस,, साहित्यकार हरिभक्त कटुवाल जयन्ती,


0 comments
Write Down Your Responses