चीनसँग जोडिएको कोरला नाका खुल्यो चिनियाँ बजारमा नेपालीहरुको यस्तो घुइँचो मेला हेर्न अमेरिकी राजदूत पनि मुस्ताङ पुगिन

मुस्ताङ, १ असार । चीनसँग जोडिएको कोरला नाका बुधबारदेखि खुलेको छ । कोरलामा रहेको भन्सार कार्यालयका अनुसार नाका खुलेसँगै नेपाली व्यापारीहरु चिनियाँ बजारतिर लागेका छन् भने चिनियाँ व्यापारी नेपाल आएका छन् । 
कोरला भन्सारका निमित्त प्रमुख शुक्रदर्शन ढुंगानाले ब्यापार मेलाको अवसर पारेर नाका २५ दिनका लागि खुलेको जानकारी दिए । उनले भने- ‘नाका खुलेको थाहा पाएपछि पोखरा, बुटवल लगायतका स्थानबाट ब्यापारीहरु उपल्लो मुस्ताङ आएका छन्, सामान खरिदका लागि सीमा क्षेत्रमा व्यापारीको घुइँचो लागेको छ ।’ निमित्त प्रमुख ढुंगानाका अनुसार नेपालीले सामान किन्नका लागि कोरला मुल गेटको सिमानाबाट २ किमी चीनतर्फको स्थानमा जानुपर्नेछ ।
 यो चीनको ढुंवासेन जिल्ला हो र ३० किमी पर यहां ठूलो बजार छ । स्थानीय व्यापारीका अनुसार सरकारको पहलमा यो नाका छोटो समयका लागि भएपनि खुलेको हो । यो मेलाको अवलोकन गर्न अमेरिकी राजदूत एलाइना वि टेप्लिज पनि मुस्ताङ पुगिसकेकी छिन् ।

, ,

0 comments

Write Down Your Responses