हेर्नुस तपाईहरुको अाजकाे राशिफल कस्तो छ २०७३ ज्येष्ठ ३२ गते मङ्गलबार

वि.सं. २०७३ ज्येष्ठ ३२ गते मङ्गलबार तदनुसार ई. सं. २०१६ जुन १४ तारिख, सौम्य नामक संवत्सर, शाके :— १९३८, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :— ११३६, (तछलाथ्व) इटहरी, सुनसरी, नेपालमा सूर्योदय बिहान ०५:०४ बजे र सूर्यास्त : साँझ ०६:४९ बजे काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:१० बजे र सूर्यास्त : साँझ ०६:५९ बजे पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:१४ बजे र सूर्यास्त : साँझ ०७:०५ बजे ज्येष्ठ शुक्लपक्षको नवमी तिथि, बिहान ०५:४१ बजेसम्म, त्यसपछि दशमी तिथि, हस्ता नक्षत्र, साँझ ०६:१५ बजेसम्म, त्यसपछि चित्रा नक्षत्र, चन्द्रमा कन्या राशिमा (अहोरात्र व्याप्त), व्यतिपात योग, बिहान ०६:५४ बजेसम्म, त्यसपछि वरीयान् योग, गर करण, साँझ ०६:३७ बजेसम्म त्यसपछि वणिज करण, आनन्दादि योग : सौम्य, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : पूर्व, वारशूल : उत्तर, आगामी ३ दिनभित्र पर्ने चाडपर्व र उत्सव तथा शुभ मूहुर्त : भोलिको चाडपर्व र उत्सव : आषाढ संक्रान्ति, गंगा दशहरा, रामेश्वरमा गंगा पूजा, हत्यामोचन तीर्थस्नान, रुरु क्षेत्र रिडीमा हृषिकेशोत्सव, बज्रगुरु पद्मसम्भव जयन्ती, गोसाइँकुण्ड स्नानको समाप्ति ०२ गते : निर्जला एकादशी व्रत, तुलसीको दल राख्ने दिन, ०३ गते : प्रदोष व्रत, विश्व सञ्चार दिवस,

, ,

0 comments

Write Down Your Responses