यसरी यौन ग्राहकबाट दश हजार सम्म असुल्दै र बालिकालाई रु ५ सय सम्म कोहलपुरका होटलमा छापा हेर्नुस फोटोफिचर सहित
दिनेश ठाकुर ,नेपालगञ्ज, असार १० । कोहलपुर ११ स्थित एकान्त हेटल तथा रेष्टुरेन्टकी संचालक सुस्मिता बोटे र सुशिला क्षेष्ठलाइ इलाका प्रहरी कार्यलय कोहलपुरले प्रकाउ गरेको छ ।
प्रकाउ परेका दुइ महिलालाई मानव बेचविखनको मुद्धा चलाइएको इलाका प्रहरी कार्यलय कोहलपुरका डिएसपी सुरेश प्रसाद काफ्लेले बताए । प्यूठान घर भएकी ती बालिकालाई करिव तिन महिनादेखी ललाइ फकाइ गरी यौन धन्दामा लगाइएको प्रहरीले बताएको छ ।
आठ कक्षाको पढाइ छोडेकी बालिकाले घरको नाजुक अवस्था भएपछी बाँकेको कोहलपुर आएको काम खोज्न आएको बालिकाले बताइन् । होटल सञ्चालिकाले ग्राहकबाट पाँच हजार देखी दश हजार सम्म असुल्दै आएकी थिइन् । तर बालिकालाइ पाँच सय रुपैया दिने गरेको बताइन् ।
बालिकाको उद्धार पछी ती महिलाको कारबाहीको माग गर्दै स्थानियहरुले प्रहरीलाइ उजुरी समेत दिएका छन् ।
यौन धन्दामा लगाएर ५सय दिने २ महिलालाई कारबाहीको माग गर्दै स्थानियहरु आक्रोशित भएका छन् ।
इलाका प्रहरी कार्यलय कोहलपुरले कोहलपुरका विभिन्न होटलमा छापा समेत मार्ने गरेको छ । छापा मारेर भेटिएका महिला पुरुषहरुमा प्राय विबाहिता रहेको प्रहरीले जनाएको छ ।


0 comments
Write Down Your Responses