अब अयो खुशीको खबर फेरी घट्यो लोडसेडिङ हेर्नुहोस् तालिका सहित

काठमाडौँ, जेठ २३ । नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङको समय एक घन्टा घटाएको छ । यही जेठ २५ गते मङ्गलबारदेखि लागु हुनेगरी प्राधिकरणले दैनिक नौ घन्टा मात्रैलोडसेडिङ गर्न लागेको हो । यसअघि प्राधिकरणले दैनिक १० घन्टा विद्युत्भार कटौती गर्दै आएको थियो ।
 नदीमा जलप्रवाहको क्रम बढेका कारण क्रमशः विद्युत्भार कटौतीको समय घटाउँदै लगिने प्राधिकरण भारप्रेषण केन्द्रका प्रमुख भुवनकुमार खत्रीले जानकारी दिए । उनका अनुसार हाल दैनिक ७०० मेगावाट विद्युत् आपूर्ति हुँदै आएको छ भने एक हजार ३५० मेगावाट विद्युत् माग रहँदै आएको छ । प्राधिकरणले विद्युत् चुहावट हुने स्थानमा भने न्यूनतम एक घन्टा र अधिकतम सात घन्टाभन्दा बढी विद्युत्भार कटौती गर्ने जनाएको छ ।

, ,

0 comments

Write Down Your Responses