करिष्माको छोरीले अमेरिकाबाटै यसरी भनिन मामु तिमीले त नेपालकै यसरी वेइज्जत गर्यौं पुरा पढ्नुस
नयाँ शक्तिमा हिसिला गुमनाम भइरहँदा नायिका करिष्मा मानन्धरले विशेष ‘स्पेश’पाइरहेकी छिन । यसकै फलस्वरुप उनले अस्ति आइतवार नयाँ शक्ति पार्टी घोषणा कार्यक्रममा उद्घोषण गर्ने जिम्मेवारी पाइन ।
तर,कलाकारितामा राम्रै जम्न सफल करिष्माले उद्घोषण कलामा आफ्नो गला निर्खान सकिनन् अर्थात,करिष्माले उद्घोषणमा दमदार ‘करिष्मा’ देखाउन सकिनन ।
कुनै कन्र्सटमा उद्घोषण गरेझैं निक्कै फिक्का प्रस्तुति दिएका कारण सामाजिक सञ्जालमा उनको आलोचना भइरहेको थियो । सोही आलोचना उनकै छोरी कविता अमेरिकामा बसेर सामाजिक सञ्जालबाटै हेरिरहेकी थिईन ।
आमाको तिव्र आलोचना भइरहदा करिष्माकी छोरीले अमेरिकाबाटै फोन सम्पर्क गरी उनीसँग असन्तृष्ठ पोखेको कुरा करिष्माले आफ्नो सामाजिक सञ्जालको भित्तामा पोखेकी छिन ।
उनले लेखेकी छिन ‘मेरी छोरी कविताले आज बिहानै यू एस ए बाट आज बिहानै फोन गरिन । र, भनिन,मामी के भयो,तिमीले त देशकै वेइज्जती गर्यौं रे त अनि मैले जवाफ दिए‘छोरी तिमीलाई मैले जन्म दिए, तर म चाहिँ फेरि जन्मदै छु ।
कलाकारितामा जम्न नसकी अमेरिका भासिएकी र उता बाट स्वदेश फर्किएसँगै राजनीतिमा होमिएकी करिष्माको उद्घोषण कला कुनै व्यवसायिक व्यक्तिको जस्तो नभई कुनै कच्चा बच्चाको जस्तो देखिएको टिप्पणी अहिले हुन थालेको छ ।
अमेरिकामा बसेर आएकी करिष्माको अग्रेजी राम्रो होला भन्ने धेरैको बुझाई समेत गलत ठहरियो । टुटे फुटेको अग्रेजीमा काम चलाएकै थिईन । भुटानी प्रधानमन्त्रीले पठाएको शुभकामनापत्र वाचन गर्दा भने उनलाई आपत नै पर्यो । यस क्रममा शब्द फड्कार्न नसकेर पटक-पटक अड्किइन् । उच्चारणमा अनगिन्ती गल्ती गरिन् ।
कहाँ कहाँ चिप्लिइन करिष्मा ?
कांग्रेस सभापति शेरबहादुर देउवालाई बोल्नका लागि मञ्चमा निम्त्याउने क्रममा करिश्माले भनिन्, ‘उहाँ मेरा ससुराका मिल्ने साथी हुनुहुन्छ र आरजू राणाजीसँग मेरो पनि राम्रो सम्वन्ध छ ।’
करिश्माले कांग्रेस नेता प्रदीप गिरीलाई मञ्चमा निम्त्याउँदा पनि गम्भीर गल्ती गरिन् । उनले गिरीलाई डा. प्रदीप भट्टराई भनेर बोलाइन् । गिरीले भाषण गरिसकेर करिश्मालाई सल्लाह दिए, ‘आइन्दा बिस्तारै बोल्नु, हतार गरे लडिन्छ ।
’ करिश्माले आफूले बिस्तारै बोल्न प्रयास गर्ने बताइन् ।
प्रधानमन्त्री केपी ओली सभामा आउन लागेको जानकारी करिश्माले यसरी गराइन् । ‘यतिबेला तपाईंहरु बोर भएर बसिरहनुभएका होला, तर चाँडै स्टेजमा आउँदै हुनुहुन्छ पीएम केपीजी ।’
प्रधानमन्त्री ओली कार्यक्रमस्थलमा आइपुगेपछि उनी कुनै कन्सर्टमा भएझैं भनिन्, ‘हाम्रो प्राइम मिनिस्टर केपी ओलीज्यू यहाँ उपस्थित भइसक्नुभएको छ, उहाँहरुलाई गीभ हिम अ विग ह्याण्ड क्ल्याप फर हिम ।’


0 comments
Write Down Your Responses