सावधान ! यी १० व्यवहार भएका ब्यक्तिको साथ तुरुन्त आजैबाट छाडिदिनुस पुरा जनिराख्नुस

आजको दुनियाँमा हामीलाई मानिसहरु चिन्न निकै नै मुस्किल पर्छ । कसको मनमा के छ बुझ्न सकिदैन । जसको कारण हामीले पाइला पाइलामा धोका खाइरहेका हुन्छौं । यस विषयमा केही कुरामा मात्रै हामीले ध्यानदिने हो भने हामी धोकाबाट बच्न सक्छौं । निम्न अनुसारको व्यवहार यदि तपाईले साथी मार्फत पाउनु भएको छ भने तुरुन्तै टाढा हुँदा राम्रो हुन्छ ।
 १.प्रत्यक्ष अप्रत्यक्ष आफ्नो गुनगान गाउँने मान्छे देखि टाढा रहनुुुस् । उसको महत्वकांक्षाले तपाईलाई हानी पुग्न सक्छ । २. धनको पछि मात्र कुद्ने मानिस देखि सर्तक रहनुस् । धनको आँखा अन्धो भएकाले त्यस्ता मानिसले तपाईलाई जेपनि गर्न सक्छ । ३. त्यस्तै चाणक्यका अनुसार धन हुने तर गुणविहिन ब्यक्तिको साथपनि तुरुन्तै छोडिहाल्नु पर्छ । पैसा हुने गुण नहुने मानिसपनि तपाईको लागि खतरनाक बन्न सक्छ । ४. दाँयाबायाँ केही नहेरी जुनसुकै काम गर्न उक्साउँने साथी देखि टाढा हुनुहोस् । त्यस्ता व्यक्तिले तपाईलाई कुनैपनि समय बर्बात गरिदिन सक्छ ।
 ५.आफ्नो मात्रै कुरा गरिरहने अरुको कुरा एक शब्द पनि सुन्ने धैर्य नराख्ने देखि तुरुन्तै टाढा हुनुहोस् , त्यस्तो व्यक्तिले तपाइृको समयमात्र नष्ट गरिदिन्छ । ६. विनाकारण झगडा मात्र गर्न तम्सिने मुर्खको संगतमा तपाई एक मिनेटपनि नबस्नुस् । भनिन्छ मुर्ख मित्रको संगत गर्न भन्दा विद्धान शत्रुको संगत गर्नु जाति । त्यसैले बुद्धीमान मानिसको साथ रोज्नुहोस् मुर्खलाई आफ्नो बाटो लाग्न दिनुहोस् । ७. झुटो बोल्नेसँग १ मिनेटपनि नबस्नुहोस् । 
त्यस्ता झुटो बोल्नेले तपाईलाई कुनैपनि बेला बेचिदिन सक्छ । ८. कुलतमा फँसेको व्यक्तिसँगको संगत तुरुन्तै छाडिदिनुस् उसले तपाईको परिवार र धन दुबै नष्ट गरिदिन सक्छ । ९. सुन्दरीको पछि लाग्ने व्यक्तिसँगको संगतपनि तपाईकालागि हानीकारक हुनसक्छ । त्यस्ता व्यक्तिले तपाईको सामाजिक प्रतिष्ठा ध्वस्त पार्न सक्छ ।
 १०.राजनैतिक पार्टी चाहार्दै हिड्नेसँग सतर्क रहनुस् त्यस्ता मानिस अस्थिर र स्वार्थी दुबै हुन्छन् त्यस्ता व्यक्तिले तपाईलाई उपयोग गरि उ आफू माथि चढिरहेको हुन्छ, जुन तपाईले तुरुन्तै थाहा पाउनु हुन्न । जति बेला थाहा पाउनु हुन्छ त्यतिबेला तपाई बर्बाद भइसक्नु भएको हुन्छ ।

, , ,

0 comments

Write Down Your Responses