आफ्नै आमाले छोरी ज्वाइँलाई श्रीमान बनाएपछि छोरीको यस्तो हालत हेर्नुस भिडियो सहित
एजेन्सी,जेठ ।
बिहारको मध्यपूरा जिल्लामा रहेको एक गाउँमा अनौठो घटना बाहिर आएको छ । एक महिलाले आफ्नो छोरीको पति ज्वाइँ सँग प्रेम गर्न पुगिन् । उनीहरुको प्रेमकथा यहाँ नै टुंगिएन, यसलाई अगाडि बढाउँदै विवाह समेत गरे ।
सासु र ज्वाइँ बनेर घरबाट निस्केका यी दुई पति–पत्नी बनेर घर फर्के । यो देखेर छोरी बेहोस नै बनिन् । आशा देवीले केही वर्षअघि आफ्नो छोरीको धुमधामसँग विवाह गराएकी थिइन् ।
तर, अहिले उनले आफै ज्वाइँसँग पूर्णियामा रहेको अदालतमा विवाह गरिन् । विवाहको केही दिनपछि आशा देवीका ज्वाइँ सुरज बिरामी भए । उनी बिरामी भएको खबरपछि उनलाई स्याहार सुसार गर्न उनी त्यहाँ पुगिन् । यही दौरान दुवैबीच प्रेम बस्यो ।
त्यसपछि दुवैबीच घण्टौ फोनमा कुराकानी हुन थाल्यो ।
सुरजका ससुरा दिल्लीमा काम गर्ने हुँदा उनी आशा देवीलाई भेट्न पनि बारम्बर गईराख्थे । अब उनले आफ्नो पत्नीलाई घरमा छाडेर ससुरालीमा बस्न पुगेका छन् । यो विषयमा गाउँमा पंचायतमा राखिएको थियो । तर, पंचायतले प्रेम बसेको हो भने दुवैलाईसँगै बस्न अनुमति दिए । पंचायतको निर्णयबाट दुवै खुसी छन् ।


0 comments
Write Down Your Responses