काबुलमा मारिएका जितेन्द्रकी दुबै श्रीमती शोकमा कान्छी श्रीमती भने विमानस्थलमा रुने जेठी चाही बुटवलमा ! पुरा पढ्नुस

८ असार, काठमाडौं । झमझम पानी परिरहेको थियो । अफगानिस्तानबाट १२ नेपालीको शब बोकेर उडेको विमान भारतीय आकाशमा आइपुगेको दृश्य राडारले देखाइरहेको थियो । विमानस्थलमा चार महिने काखे नानी च्यापेर भावविह्वल बनेकी थिइन्- सञ्चिता लामा । काबुलमा मारिएका बुटवल निवासी जितेन्द्रसिंह थापाकी कान्छी पत्नी हुन् सञ्चिता । उनी काठमाडौंमै काखे नानीसहित बसेकी थिइन् । जितेन्द्रले काबुलबाट खर्च पठाएदिएर उनको जीविका चलेको थियो ।
 विमानस्थलमा देखिएको उनको विक्षिप्त अनुहार र काखे नानीको अवोध चेहराले एउटा अन्तहीन पीडाको झल्को दिइरहेको सहजै महसुस गर्न सकिन्थ्यो । उता बुटवलमा रहेकी जेठी एवं बैधानिक पत्नी गौमती थापा पनि कम शोकमग्न बनेकी छैनन् । तथापि गौमती भने श्रीमानको शव ‘रिसिभ’ गर्न एयरपोर्ट आउन सकिनन् । गौमतीले आफ्ना श्रीमानको शव बुटवलसम्म ल्याउने व्यवस्था मिलाइदिन अनलाइनखबरमार्फत् सरकारसँग आग्रह गरेकी छिन् । यनका साथमा किशोरावस्थाका छोरा छन्, जसले कलिलै उमेरमा टुहुरोपन महसुस गरेका छन् । यो पनि पढ्नुहोस् ‘मेरो श्रीमानको शव अरुले नखोसुन पत्नी गौमतीका अनुसार जितेन्द्र स्त्रीलम्पट थिए । 
उनले काठमाडौंमा कान्छी श्रीमती राखेको र उसबाट नावालक शिशुको जायजन्म भएको गौमतीलाई थाहा थियो । नेपालको कानून अनुसार दुईवटी पत्नी राख्नु गैरकानूनी कार्य हो । पहिली श्रीमतीसँग छोडपत्र नगरी र दोस्रोसँग विवाह दर्ता नगरी दुइवटा घरबार गरिएको अवस्थामा विभिन्न कानूनी अड्चनहरु आउन सक्छन् । जस्तो कि अब जितेन्द्रको परिवारमा मृतकले पाउने राहत कसले हात पार्ने भन्नेबारे सञ्चिता र गौमतीवीच विवाद बढ्न सक्ने देखिएको छ । नेपालमा सुरक्षा क्षेत्र, शिक्षण एवं निजामति सेवामा काम गर्ने कतिपय पुरुषले गर्ने बहु विवाहका कारण उनीहरुले पाउने पेन्सन आदि सुविधामा विवाद पर्ने गरेको छ । र, यस्तै विवाद अब जितेन्द्रको परिवारमा पनि पर्न सक्ने देखिएको छ ।
 विगतमा इराकमा मारिएका १२ नेपालीलाई सरकारले दिएको राहतले पनि कतिपय परिवारमा आपसी झगडा र वैमनश्यता निम्त्याएको तीतो उदाहरण पाइन्छ । तर, जे भए पनि जितेन्द्रको मृत्युमा शोक मनाउन पाउनु सञ्चिता र गौतमी दुबैको मानवीय हक हो । यो विषयमा झगडा गर्नुभन्दा जितेन्द्रको स्थायी घर भएको ठाउँमै गएर परम्परागतरुपमा संस्कार गर्नु र त्यसमा सबै परिवारजनले सहभागिता जनाउनु नै सहज निकास हुन सक्ने देखिन्छ ।

, , ,

0 comments

Write Down Your Responses