कसरी तपाईहरुको डन्डीफोरको दाग हटाउने ? पुरा जनिराख्नुस
नकोट्याउने, नफुटाउने डन्डीफोर पाक्यो र नराम्रो देखियो भन्दैमा फुटाउने गर्नाले अनुहारमा यसको दाग बस्न सक्छ । डन्डीफोर कोट्याउने, फुटाउने नगर्नु यसको दागबाट बच्ने पहिलो महत्वपुर्ण उपाय हो ।
नरिवल पानी
नरिवलको पानीमा काँक्राको रस मिसाएर बिहान र बेलुका नियमित लगाउने गर्नाले डन्डीफोरका कारण बसेको दाग हराउँदै जान्छ ।
कालो दाल
कालो दालको बोक्रा निकालेर रातभरि दूधमा भिजाई बिहान यसलाई पिस्ने । यसरी पिसेको दालमा कागतीको रस र मह मिलाई लेप बनाई अनुहारमा लगाउने र एक घण्टापछि धुने ।
यसो गर्नाले डन्डीफोरका कारण उत्पन्न रातो दाग हराउँदै जान्छ ।
मुल्तानी माटो
बजारमा पाइने मुल्तानी माटोमा कागती वा गोलभेँडाको रस मिसाएर लेप बनाई अुनहारमा दल्ने र सुकेपछि धुने । अथवा, मुल्तानी माटोमा चन्दन पाउडर अथवा गुलाब जल लगाएर यसको लेप बनाई पनि अनुहारमा दल्न सकिन्छ । यसो गर्नाले डन्डीफोरका कारण लागेको दाग हराउँदै जान्छ ।
तुलसी र निम
तुलसी र निमको पत्ताको चूर्णमा एक चम्चा बेसार मिसाउने । यसमा अलिकति मुल्तानी माटो पनि थप्ने । यी सबको पेस्ट बनाई अनुहारमा दल्ने र सुकेपछि धुने गर्नाले दाग हराउँदै जान्छ ।
ग्रिन टी
ग्रिन टीमा ट्यानिक एसिड पाइन्छ, जसले डन्डीफोरका कारण अनुहारमा बसेको कालो र रातो दागबाट छुटकारा दिन्छ । उमालेको पानीमा तीन वटा ग्रिन टीको ब्याग हिाल्ने र माथिबाट पिसेको अदुवा थप्ने ।
सबैथोक हालेपछि पानी उमालेर आधाजति बनाउने । त्यसपछि कपडाछान गरी दाग भएको ठाउँमा लगाउने र सुकेपछि धुने गर्नाले दाग हराउँदै जान्छ ।
बरफ
डन्डीफोर आएको ठाउँमा अथवा दाग लागेको ठाउँमा बरफ केही बेरसम्म लगाउने गर्नाले डन्डीफोर र यसको दाग क्रमशः हराउँदै जान्छ । यसका लागि बरफको प्रयोग नियमित रूपमा गर्नुपर्छ ।
सुन्तलाको बोक्रा
सुन्तलाको बोक्रा पानीमा मिसाएर पिस्ने, लेप बनाई अनुहारमा दल्ने र सुकेपछि पानीले धुने । यसो गर्नाले दाग हराउँदै जान्छ ।


0 comments
Write Down Your Responses