नेपाली कामदारहरुको कोटा बढाउन कोरिया सरकार सकारात्मक पढ्नुस पुरा
नेपाली कामदारको कोटा बढाउन दक्षिण कोरिया सकारात्मक भएको छ। कोरियाका भ्रमणमा रहेको परराष्ट्र सचिव शंकरदास बैरागीको टोलीसँग भएको द्विपक्षीय भेटमा डेपुटी श्रम मन्त्री पार्कजंग गिलले कोटा बढाउने आश्वासन दिएका हुन्।
दुई पक्षीय भेटमा अवैधानिक नेपाली कामदार बढेकोप्रति कोरियाली अधिकारीले चिन्ता व्यक्त गरेका छन्। कोरियाल पक्षले प्रत्यक्ष इंगित नगरे पनि यस वर्षको कोटा घट्नुमा अवैधानिक नेपाली बढ्नु सहायक कारण बनेको छ। सहकार्यमार्फत अबैधानिक कामदार घटाउन दुवै पक्ष सहमत भएका छन्।मनोवैज्ञानिक परामर्शमार्फत अवैधानिक नेपालीलाई सुखीसाथ घर फिर्ती कार्यक्रम सञ्चालन गर्न पनि दुई पक्षबीच छलफल भएको छ।
सीबीटी परीक्षामा सहभागी अनुसार उत्तीर्णदर घट्दै गएकाले यस वर्ष अबैधानिक नेपालीको संख्या बढेको छ।
उमेरको बन्देज तथा भूकम्प र नाकाबन्दीका कारण युवामा निराशा उत्पन्न भई अबैधानिक हुनेको संख्या बढेको छ। अाजकाे अन्नपूर्ण पोस्ट दैनिकमा खबर रहेकाे छ।


0 comments
Write Down Your Responses