बुढेसकालमा यसरी लिन सकिन्छ तपाईहरुले यौन सन्तुष्टि पुरा जनिरख्नुस हेर्नुस भिडियो सहित

काठमाडौ,१० असार । उमेर ढल्किँदै गएपछि पुरुषहरूलाई प्रोस्टेटको समस्याले दुःख दिन्छ । प्रोस्टेट ग्रन्थि, मुत्र थैलीको मुनि हुन्छ र यसले पिसाब बग्ने नलीलाई छोपेर राखेको हुन्छ । प्रोस्टेटमा समस्या देखियो भने सुरुमा पिसाब फेर्दा असजिलो हुँदै जान्छ ।
 जस्तोः पिसाब फेर्न सुरु गर्न गाह्रो हुनु, एकचोटि पिसाब सुरु भए पछि रोक्न गाह्रो हुनु आदि । उमरेसँगै प्रोस्टेट पनि ठूलो हुँदै जान्छ । प्रोस्टेट ठूलो हुन नदिन र पिसाब गर्दा समस्या नहोस् भनी औषधिद्धारा उपचार सुरु गरिन्छ । यदि औषधिबाट निको भएन भने अपरेसन गर्नु नै उचित हुन्छ । अपरेसन गर्नको लागि तीनचारवटा विकल्प छन् । प्रोस्टेटको अवस्थाअनुसार जाँच गरेर निधो गरिन्छ । त्यसको लागि युरोलोजिस्टसँग छलफल गर्नुपर्छ ।
 प्रोस्टेटको समस्या भएकाहरूले आफ्नो दैनिकीमा केही फेरबदल गर्दा केही फाइदा पुग्छ । राती सुत्नुभन्दा एकदुई घण्टा अगाडिदेखि पानी नखाँदा राती­राती उठ्ने समस्याबाट बच्न सकिन्छ । पिसाब गर्न मन लाग्नेबित्तिकै अथवा एउटै समयमा पिसाब गर्ने बानीले पनि सहयोग गर्छ । प्रोस्टेटको अवस्था हेरेर तीनचार विकल्पमध्ये उपयुक्त अपरेसन गर्नुहुनेछ ।
 जस्तै, टियुआरपी । प्रोस्टेटसम्बन्धी उपचार गरेपछि ७÷८ प्रतिशतमा यौन समस्या आउँछ । जस्तै, इरेक्सन राम्रो न हुने, रेट्रोग्रेड इजाकुलेसन हुने, चरमसुखमा फरक हुने आदि समस्या देखिन्छन् । यी समस्याको प्रोस्टेटको उपचारपछिमात्र लक्षण हेरी उपचार गरिन्छ । त्यसकारणले प्रोस्टेटसम्बन्धी अपरेसनपछि यौनसम्बन्धी समस्या हुनसक्छ । त्यसका लागि प्रोस्टेटको उपचारपछि मात्र यौन समस्याको उपचार गर्नुपर्छ ।

, , ,

0 comments

Write Down Your Responses