आफ्नो बुवा खोज्दै दुधे भर्खरै चार पुगेर पाँच महिनाको बालक छोरा खोज्दै वृद्ध बुवा हेर्नुस फोटो फिचर सहित

टाउकोमा उम्रिन लागेको पातलो कपाल, आँखाका परेलामा पोतिएको कालो गाजल, ढाका कपडाका लुगा अनि खुट्टामा कपडाकै जुत्ता। भर्खरै चार पुगेर पाँच महिना लागेका जेनिश थापा बुधबार त्रिभुवन विमानस्थलको कालिप्रसाद गण छेउमा थिए, आमा सञ्चितासँग।
एकाएक सञ्चितालाई पत्रकारले घेरे। ‘तपाईहरु सबैजना सोध्नुमात्र हुन्छ। म के भनौं? देखिहाल्नुभयो यत्रो सानो छोरो छ। अब म के गरेर बस्ने?’ सञ्चिताले पत्रकारका प्रश्नका जवाफ दिँदादिँदै क्यामेराका क्लिकले जेनिश आत्तिए। रुन थाले। छोरालाई थम्थम्याउँदै काखी च्यापेर सञ्चिता अगाडि बढिन्। असारको मौसम घरि पानी पथ्र्यो, घरी बादल फाट्थ्यो। एकछिनमै झमझम पानी प¥यो, सबैजना नजिकैको गौचर क्यान्टिनमा छिरे। जेनिश रुन थाले। सँगै रहेकी आमाकी सहयोगीले उनलाई बट्टामा दुध बनाइदिइन्। उनी दुध खान थाले। आमाको काखमा दुध खाँदा खाँदै उनी निदाए। 
सोमबार काबुलमा तालिवानी आत्मघातीको बम बिस्फोटमा मारिएका बुटवलका जितेन्द्र थापाका छोरा हुन् जेनिश। केहीबेरपछि ६८ वर्षका दुर्गाप्रसाद कोइराला पनि गणको छेउमा पुगे। दौरा सुरवाल चप्पलमा आएका उनको अनुहार पनि आकाशमा बादल मडारिए जस्तै अध्याँरो थियो। काबुलमा मारिएका माइला छोरा मधुसुदन अधिकारीको शव लिन उनी कान्छा छोरा नरहरि कोइरालासँग आएका थिए। नरहरिले दाजुका एक छोराछोरी गएको भूकम्पमा परेको बताए। 
वर्षदिनअघि नातिनतिना गुमाएका दुर्गाप्रसादलाई वर्षदिन पछि छोरा गुमाएको पीडा थपिएको थियो। ‘मलाई देखेपछि त बुवा रुनुहुन्छ तपाईँहरुसँग के कुरा गर्नुहोला’ नरहरिले भने। दुर्गाप्रसादले बुधबार साँझ अपरान्ह आर्यघाटमा छोरालाई दागबत्ति दिए। आमा बेहोस भएर बाबुको शव बुझ्न जाँदा जेनिस भने अनौठो मानेर हेरिरहेका थिए। तोते बोलीमा बाबा भन्न पाउने कुरा सायद जेनिशको नसिबमै रहनेछ।

, ,

0 comments

Write Down Your Responses