जहाँ अचम्मकै ठाउँ यसरी निर्वस्त्र भएर खानुपर्ने अनौठो रेष्टुरेन्ट : यस्तो छ त्यहाँका नियमहरु पुरा पढ्नुस
एजेन्सी । संसारमा अचम्म अचम्मका कार्यहरु हुने गरेका छन् । मानिसका सौखहरु अजिव अजिवका हुने गरेका छन् । यस्तै अचम्मको इच्छा मध्ये जापानमा एउटा अनौठो रेष्टुरेन्ट खुल्ने भएको छ ।
जापानमा नाङ्गै बसेरमात्र खान मिल्ने एउटा रेष्टुरेन्ट चाँडै नै खुल्दैछ ।
रेष्टुरेन्टमा जो कोहीले त्यतिकै प्रवेश भने पाउने छैनन् । त्यहाँ प्रवेश गर्न विभिन्न शर्तहरु पुरा गर्नुपर्छ । त्यहाँ जान १८ वर्ष नाघेको र ६० वर्ष ननाघेका मानिसहरुले मात्र प्रवेश पाउँछ । मोटाई अनुसारको उचाई छैनभनेपछि उक्त रेष्टुरेन्टमा प्रवेश निशेष गरिनेछ ।
त्यस्तै शरिरमा ट्याटु खोपिएको छ भनेपछि त्यहाँको ढोका खुल्नेछैन ।
यी शर्तहरु पुरा गरेर रेष्टुरेन्टमा पसेपछि पेन्टी मात्र लगाएर खाना खानुपर्छ । रेष्टुरेन्टका कर्मचारीहरु भने निर्वस्त्र हुने वा वस्त्रसहितको हुने भन्ने बोरे समाचारमा खुलाईएको छैन । रेष्टुरेन्ट जुलाई २९ बाट जापानको टोकियोमा उद्घाटन हुने समाचारमा उल्लेख छ


0 comments
Write Down Your Responses