लाईसेन्स र चावी नै भुईमा थुपार्दै नयाँ शैलीको यस्तो विरोध
उदयपुर, असार ८ । उदयपुरमा सार्वजानिक सवारी चालक आन्दोलनले यातयात सेवा ठप्प भएको छ । सवारी दुर्घटनामा परी ज्यान मारेमा चालकलाई २० वर्षसम्म जेल सजाय हुने गरी सरकारले ल्याउन लागेको सवारी कानूनविरुद्ध उदयपुरका सवारी चालकहरुले मंगलबारदेखि यातायात ठप्प पारेका हुन ।
विरोधस्वरुप उदयपुरबाट सञ्चालन हुने सबै सवारी चालकहरु सदरमुकाम गाईघाटको मुख्य बसपार्कमा जम्मा भएर बस पार्किङमा थन्क्याएर प्रदर्शन गरेका हुन् ।
एकाविहानैदेखि चल्ने बिभिन्न रुटका गाडीहरु मंगलबार भने कतै चलेको पाइएन ।
भएभरका सबै गाडी र अन्य सवारीसाधनहरु पनि बसपार्कमा ल्याएर लामबद्ध गरी थन्क्याएर उनीहरुले आउन लागेको कानुनको विरोध गरेका छन् । चालकहरुको विरोधका कारण सदरमुकाम गाईघाटबाट लामो तथा छोटो दूरीमा चल्ने सयौं गाडीका सवारी अनुमतिपत्र लाईसेन्स र गाडीको चावी भुईमा थुपारेर नयाँ शैलीको विरोध चालकहरुले गरे ।
चालकहरुले सरकारलाई आफुहरुलाई कारवाही गर्नुभन्दा पहिले सडक सञ्जाल सुधार हुनुपर्ने सुझाव दिएका छन् । दुर्घटना हुनुमा चालकको लापरवाही मात्र नभएर सडकको अवस्था मुख्य कारण हुने भन्दै उनीहरुले चालकलाई कडा कारबाहीको कानुनभन्दा पहिले सडक सुधार गरेर देखाउन सरकारलाई उनीहरुको चुनौति थियो ।
चालक अरुण भुजेलले सडकको अवस्था अत्यन्तै दयनीय रहेको भन्दै चालकहरुले त्यसमा सुधार गर्नेतर्फ सरकारले ध्यान दिनुको साटो सामान्य रोजीरोटीका लागि गरिखाने चालकलाई अनावश्यक कानून बनाएर बर्बाद पार्न लागेको अरोप लगाए । उनका अनुसार चालकको लापरवाहीले भन्दा बढी दुर्घटना साँगुरो सडक, खाल्डाखुल्डी, जताततै भत्किएको सडक र अब्यवस्थित हाटबजारका कारण हुने गरेको छ । त्यस्तै सडकमा जताजतै निर्माण सामग्री थुपार्ने, व्यापारीहरुले सडकलाई नै पसलको रुपमा प्रयोग गर्ने, ट्राफिक नियमको उल्लंघन र चेतना अभाव पनि दुर्घटनाको अर्को कारण भएको उनको भनाई छ ।
विरोधमै रहेका अर्का चालक विजय तामाङले सडक, अव्यवस्थित हाटबजार ट्राफिक नियमनको कमीमा कतिपय दुर्घटना हुने गरेका बताए । यसरी अन्यक्षेत्रको दोषको भागीदार चाही चालक मात्र बन्नुपर्नेमा उनको असहमति छ ।
‘दुर्घटना हुनुमा गल्ती ककसको छ, त्यो पत्ता लगाउनुपर्छ’ उनले असहमति राखे ‘धेरै कारणले हुने दुर्घटनाको कठोर सजाय चाही चालकले मात्र भोग्नुपर्ने अवस्था न्यायपूर्ण होईन । त्यसैले यसबारे सरकारले सोँच्नुपर्छ ।’
नयाँ कानुनको विरोधमा चालकहरुले ७२ घण्टे अल्टिमेटम सरकारलाई दिएको बताएका छन् । ७२ घण्टे अल्टिमेटम सरकारले सुनुवाई नगरे गाडीको चावी र लाईसेन्स साहुलाई जिम्मा दिएर अनिश्चितकाली आन्दोलनमा उत्रिने चेतनावी दिने निश्कर्षमा आफुहरु पुगेको चालक विनोद दासले बताए । चालक विरोध र बाढीका कारण गाडीहरु नचलेपछि उदयपुरको यातायात ठप्प भएको छ ।
1 comments
Write Down Your Responses


June 22, 2016 at 10:52 PM
SAI HO