डेभिड क्यामरनद्वारा आफ्ना पदबाट राजीनामा मार्गरेट नयाँ प्रधानमन्त्री
एजेन्सी, असार २९ । ब्रिटेनका प्रधानमन्त्री डेभिड क्यामरनले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
क्यामरन आफ्नी श्रीमती सामन्था र तीनजना छोराछोरी सहित महारानी एलिजाबेथलाई भेटन बकिङघम राजदरबार गएका थिए।
महारानी एलिजाबेथ समक्ष आफ्नो राजीनामा दिनुअघि उनले बुधबार दिउँसो अन्तिम पटक संसदको प्रश्नोत्तरमा भाग लिएका थिए।
जनमत संग्रहपछि ब्रिटेनले युरोपेली संघ इयु छोड्ने पक्षमा निर्णय गरेपछि ४९ बर्षीय क्यामरनले गत महिना आफ्नो पदबाट राजीनामा दिने घोषणा गरेका थिए।
उनले ६ बर्ष भन्दा केही बढी समय प्रधानमन्त्रीको जिम्मेवारी संहालेका थिए। बुधबार नै कन्जरभेटिव पार्टीकी नयाँ नेतृ टरिजा मेले प्रधानमन्त्रीको पदभार ग्रहण गर्दैछिन्।
संसदमा क्यामरनको छ वर्षे कार्यकालको कन्जरभेटिभ पार्टीका सांसदहरुले सम्मान गरेका थिए।
‘पीएम्स कोइश्चन टाइम’ भनिने साप्ताहिक प्रश्नोत्तरको क्रममा क्यामरन र विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिनबीच चर्को र गम्भीर बहस समेत भएको थियो।
उनीहरुको बहस ब्रिटेनको अर्थतन्त्र र दुबै पार्टीमा जारी नेतृत्वको संघर्षमाथि केन्द्रित थियो।
कन्जरभेटिभ पार्टीकी नयाँ नेतृ टरिजा मे क्यामरन नजिकै बसेकी थिइन्। क्यामरनले सांसदहरुलाई भिडको चर्को आवाज अब आफूले सुन्न नपाउने बताएका थिए। उनले आफ्नो छ वर्षे कार्यकालमा देशको हितमा धेरै गज्जबका अनुभवहरु बटुलेको बताए।
जाँदा जाँदै उनले भने, “एउटा समयमा म भविष्य थिएँ।” पूर्व गृह मन्त्री रहेकी टरिजा मेले महारानी एलिजाबेथसँगको दर्शनभेटपछि प्रधानमन्त्रीको पदभार सम्हाल्दै छिन्। उनले मन्त्रिपरिषदमा रहने केही वरिष्ठ मन्त्रीहरुको नाम समेत घोषणा गर्ने अपेक्षा गरिएको छ। उनन्साठी वर्षिया मे मार्गरेट थ्याचरपछि ब्रिटेनकी दोस्रो महिला प्रधानमन्त्री बन्दैछिन्।


0 comments
Write Down Your Responses