गुडिरहेको बसमा एक्कासी आगलागी हुदा २६ जनाको मृत्यु हेर्नुस भिडियो सहित
ताइपेई । ताइवानको एक पर्यटक बसमा मङ्गलबार आगलागी हुदा सो बसमा सवार रहेका २६ व्यक्तिको मृत्यु भएको छ । चीनको उत्तरपूर्वी सहर दालिआनबाट २४ पर्यटक सहभागी एक समूह ताइवान भ्रमणको लागि आएका तालिवान गृह मन्त्रालयले जनाएको छ ।सो समूहमा १६ महिला र ८ पुरुष रहेका पनि मन्त्रालयले प्रष्ट पारेको छ ।
सो दुर्घटनामा एक ताइवानी बस चालक र अन्य एक पर्यटक पथप्रदर्शकको पनि मृत्यु भएको जनाइएको छ । तर सो पर्यटक पथ प्रदर्शकको भने राष्ट्रियता खुलेको छैन ।
ती पर्यटकहरु आफ्नो यात्रा समाप्त गरी ताओयुआन विमानस्थलmततर्फ फर्किदा सो दुर्घटना भएको थियो ।
गत मङ्गलबार ताइवान पुगेका ती पर्यटकहरुको सो समूह मङ्गलबार ४ः३० बजे विमानबाट दालिआन फर्किने समयतालिका रहेको बताइएको छ ।
स्थानीय समयाअनुसार करिब १ बजे अपराह्नमा यो दुर्घटना भएको जनाइएको छ ।


0 comments
Write Down Your Responses