सावधान घरपालुवा कुकुरलाई किस गर्नुहुन्छ भने यी कुरामा ध्यान दिनुस पुरा पढ्नुस खबर
काठमाडौं, घरमा पालेको कुकुरसँग बढी झुम्मिने र माया गर्नुहुन्छ । त्यसो भए सावधान । चिकित्सकहरुको पत्रिका बीएमजेका अनुसार कुकुरले चुम्बन गरेकै कारण एकजना ७० वर्षीय महिला सिकिस्त बिरामी भइन ।
आफन्तसँग फोनमा कुरा गरिरहेको बेला कुकुरले चुमेपछि उनी बेहोस भएकी थिइन । प्यारामेडिक चिकित्सकको टोली घरमा पुग्दा महिला कुर्सीमा अचेत अवथामा थिइन ।
रगत जाँच गर्दा महिलालाई ब्याक्टेरियाको संक्रमण देखियो । यो संक्रमण कुकुर बिरालोको मुखमा पाइन्छ । महिलालाई दुई हप्तासम्म आइसियुमा राखियो । एक महिना अस्पतालमा उपचारपछि बल्ल उनी निको भइन ।
पत्रिकाले यो घटनालाई प्रतिनिधिमूलक ढंगले प्रकाशन गरेको छ । संसारभरी घरपालुवा कुुकरलाई चाट्ने, चुम्बन गर्ने सामान्य मानिन्छ । कतिपय कुकुरहरुले जिब्रोले चुम्बन गर्ने या चाट्ने समेत गर्दछन् ।
चिकित्सकहरुका अनुसार, उमेर बढ्दै जाँदा यो संक्रमण झनै बढ्ने गर्छ ।


0 comments
Write Down Your Responses