सुल्तानका कारणले विवादमा घेरिए सलमान मुद्दा दर्ता पुरा पढ्नुस
इदको मौकामा रिलिज भएको फिल्म सुल्तानले पहिलो तीन दिनमा निकै सफलता हात पारेको छ । सलमानलगायत फिल्मको पूरा टिम फिल्मको सक्सेस पार्टी मनाइरहेका छन् । तर अब सलमानलगायतका अरु दुई व्यक्तिका लागि नराम्रो खबर छ ।
सलमान, अनुष्का शर्मा र फिल्म निर्देशक ए.अब्बासविरुद्ध मुद्दा दर्ता भएको छ ।
मोहम्मद साबिर अन्सारी अर्थात साबिर बाबाले फिल्म आफ्नो जीवनमा आधारित भएको ठोकुवा गरेका छन् । उनले तीनै जानमाथि फिल्मको निर्माण गरेर २० करोड रुपैयाँको रोयल्टी हडपेको पनि आरोप लगाएका छन् । उनीहरु विरुद्धको मुद्दा सिजेएम कोर्टमा पुगेको छ ।
मुजफ्फरपुरमा बस्ने मोहम्मदले फिल्मको निर्माण सन् २०१० मा निर्माण भएको र निर्देशक ए. अब्बासले उनलाई यसबारे जानकारी दिँदै उनको जीवनमा आधारित भएका कारण उनलाई २० करोड रोयल्टी रकम दिने सहमती भएता पनि आफूले उक्तप रकम नपाएको आरोप लगाएका छन् ।रोयल्टी रकम नपाएपछि उनले फिल्मलाई कथा दिन अस्विकार गरेको उनले बताए ।
उनी भन्छन्, ‘मंगलबार जब मैले फिल्म हेरे तब फिल्म आफ्नै जिन्दगीमा आधारित भएको पाएँ ।’
उनका अनुसार मुद्दा कोर्टमा दर्ता भइसकेको छ र यसको सुनुवाई १२ जुलाईमा हुनेछ । उनले सलमान खान, अनुष्का शर्मा र निर्देशक ए. अब्बासलाई आरोपी बनाएका छन् ।


0 comments
Write Down Your Responses