एक पटक हेर्नुस तपाईहरुको अाजकाे राशिफल २०७३ श्रावण १२ गते बुधबार

वि.सं. २०७३ श्रावण १२ गते बुधबार तदनुसार ई. सं. २०१६ जुलाई २७ तारिख,सौम्य नामक संवत्सर, शाके :— १९३८, सूर्य दक्षिणायन, वर्षा ऋतु ने.सं. :— ११३६, दिल्लागा काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:२४ बजे र सूर्यास्त : साँझ ०६:५५ बजे इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:१८ बजे र सूर्यास्त : साँझ ०६:४५ बजे पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:२९ बजे र सूर्यास्त : साँझ ०७:०० बजे श्रावण कृष्णपक्षको अष्टमी तिथि, दिउँसो ०३:२५ बजेसम्म, त्यसपछि नवमी तिथि, अश्विनी नक्षत्र, दिउँसो १०:४२ बजेसम्म, त्यसपछि भरिणी नक्षत्र, चन्द्रमा मेष राशिमा
 (अहोरात्र व्याप्त), शूल योग, बेलुका ०९:१२ बजेसम्म, त्यसपछि गण्ड योग, कौलव करण, दिउँसो ०३:२५ बजेसम्म त्यसपछि तैतिल करण, आनन्दादि योग : मृत्यु, चन्द्रवर्ण : रातो, चन्द्रदिशा : पूर्व, योगिनीदिशा : ईशान, वारशूल : उत्तर, आजको चाडपर्व र उत्सव : बुधाष्टमी व्रत, गोरखकाली पूजा, आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), शिलान्यास(जग राख्ने), वस्त्राभरण(गुन्युचोलो), आगामी ३ दिनभित्र पर्ने चाडपर्व र उत्सव तथा शुभ मूहुर्त 
: १४ गते : राजकुमार हृदयेन्द्र जन्मोत्सव, अग्निवास(होमादि), १५ गते : कामिका एकादशी व्रत, खिर खाने दिन, द्विपुष्कर योग बिहान ०८ बजेर १४ मिनेटपछि भोलिबिहान ०४ बजेर ३३ मिनेटसम्म, रुद्राभिषेक(रुद्रीपूजा), घर छाउने÷ढलान गर्ने,

, , ,

0 comments

Write Down Your Responses