अब देख गर्भवतीको जाँच मोबाइलबाट हेर्न सकिन्छ कसरी हेने फोटोमा क्लिक गरेर भिडियो हेर्नुस

इलाम– गर्भवतीले कुन कुन समयमा गर्भको परीक्षण गराउने, खोप लगाउने भन्ने लगायत सम्पूर्ण विषयमा अब उनीहरूले मोबाइलबाटै जानकारी पाउने भएका छन् । मोबाइलबाट जानकारी पाउने मात्र होइन गर्भ जाँच गर्ने समय र सुत्केरी हुने मिति समेत मोबाइलबाटै थाहा पाइने भएको छ । 
जिल्लामा पहिलो पटक गर्भवतीका लागि घर घरमै मोबाइल सेवा पु¥याउने उद्देश्यले यहाँका २७ गाविसमा ‘मोबाइल हेल्थ’ कार्यक्रम सञ्चालन गर्न लागिएको हो । जिल्ला जनस्वास्थ्य कार्यालयको सहकार्यमा करुणा फाउन्डेसन नेपालले यहाँका गाविसमा गर्भवतीका लागि सो सेवा सञ्चालन गरेको हो ।
 शिशु र आमा दुवैको स्वास्थ्य राम्रो होस्, अपाङ्गता हुन नपाओस् भन्ने उद्देश्यले महिला स्वास्थ्य स्वयम्सेविकाबाट गर्भवतीको गर्भ दर्ता गर्न थालिएको हो ।

, , , ,

0 comments

Write Down Your Responses