यी हुन आफ्नै छोरी पनि नभन्ने क्रान्तिकारी काका हेनुस भिडियो सहित
काठमाडौं, २३ असार । माओको नाम बेचेर नेपालीले के–के मात्र गर्दा रहेछन् ? प्रचण्ड कमरेड अष्ट्रेलिया जानबाट रोकिएको केही दिन नबित्दै एक क्रान्तिकारी काकाले राजधानीमा भतिजीलाई पटक पटक बलात्कार गरेको खुलेको छ । जनआस्था साप्ताहिकले समाचार छापेको छ ।
काभ्रे पनौती शिवालय गाविसकी मीनु (नाम परिवर्तन) गाउँकै विद्यालयबाट प्रवेशिका परीक्षा अध्ययनरत थिइन् ।
मुलुककै संसद भवनबाट ३ सय मिटरको दूरीभित्रै बसोबास गर्ने ४३ वर्षीय काका मोतीलाल गौतम ०७१ साल मंसिरमा गाउँ गए । चाडबाडको रौनक सकिएपछि मीनुका बाबुआमा तथा उनका दाजु भाउजूलाई भने, ‘छोरी हुर्किसकी अब मसँगै काठमाडौं जान्छे उतै पढ्छे सानोतिनो जागिर पनि लगाइदिन्छु ।’ आकर्षक जिउडालकी र भर्खर १९ वष पुगेकी भतिजीतर्फ हेर्दै थपे, ‘काकी एक्लै हुन्छे, उसलाई साथी पनि हुन्छ ।भाइले यसो भनेपछि गाउँमा दाजु भाउजूमा खुशी नहुने कुरै भएन । मीनु पनि दंगै परिन् र काकाको साथ लागेर काठमाडौं आइन् । हिँड्ने बेला दाजु भाउजूले सकेजती खाद्यसामग्री र मीठो परिकार बनाएर पठाए । मोतीलालले भतिजीलाई काठमाडौं ल्याएको दुई दिनपछि काममा लगाइदिने भनी बानेश्वरस्थित निजामती अस्पताल लगे । आफू क्यान्टिनमै बसेर चिनजानका एकजनालाई भेट्न पठाए ।
ती मानिसले अस्पतालको भुइँ पुछ्ने काम गर्नुपर्छ पढेकी यति राम्री मानिस गर्न सक्छौँ त भनेर सोधे । मीनाले काम गर्दा के फरक पकाकाको साथ लागेर काठमाडौं आइन् ।
एकछिनपछि त्यहीँ बसेपछि मीनुतिर हेर्दै अर्को मासिनसँग तेरो कामको कुरा गरेको छु उसलाई भेटेर आजै काम पक्का गरी जाने हो, एकछिन कुरौँ भने ।
साँझ साढे ६ बजेसम्म पनि अस्तालमै बसेपछि उनले त्यो मानिस कोटेश्वरमा भेटौँ भनी उतै पुगाए । तीन तलाभन्दा माथिको कोठामा लगे ।
एउटै मात्र खाट भएको कोठामा पस्नासाथ चुकुल लगाए । मीनु आफ्नै काकासँग थिइन्, डर मान्ने कुरै भएन ।
तर एउटै खाटमाबसेका मोतीलालले एक्कासि समाएर आफूतिर ताने, काकाको मुहार हेनासाथ डराइन् र भनिन्, ‘के गरेको यस्तो ? म त छोरी हुँ ?’ तर उनले केही सुनेनन् । उल्छै जबर्जस्ती अँगालोमा कसे । मुख थुनेर कराइस्, कसैलाई भनिस् भने सिध्याइदिन्छु भनी धम्क्याए । मीनाले अनुनय गरिन्, ‘काका यस्तो नगर्नुस् ।’ तर मोतीलाले हतियार, हत्या र शाखासन्तान नै सिध्याइदिने धम्की दिएर बलात्कार गरे ।
त्यस दिन चुपचाप बसेकी मीनुले भोलिपल्ट काकी कमलालाई सबै घटना बताइन् । कार्कीले यो अपराधी हो, हेर तिम्रो पनि भविष्यको सवाल छ । कसैलाई नभन भनिन् ।
सोझी मीनु फेरि काकाको भनाइमा विश्वास गरी अस्ति १७ गते काकालाई भेट्न आइन । उनले काकी अर्को कोठामा छ तिमी र म कुरा गरौँला भने । मीनु एक्लै गइन् । कोठामा मोतीलाल एक्लै रहेछन् । तर कोठमा पुग्नासाथ ढोकाको चुकुल लगाएर फेरि पनि बलात्कार गरे ।त्यसपछि हैरान भएकी मीनुले सोही दिन तीनकुनेस्थित प्रहरी वृत्तमा ठाडो उजुरी दिइन् । सोही साँझ प्रहरीले मोतीलाललाई शान्तिनगरबाट पक्राउ गरेर अदालतबाट दस दिने म्याद थपेर अनुसन्धान गरिरहेको छ । – दैनिक नेपालबाट ।


0 comments
Write Down Your Responses