अब देखि दलितका छोराछोरीलाई सरकारले नै डाक्टर बनाइदिने पुरा पढ्नुस खबर

सिरहा, १८ असार– सरकारले चिकित्सा विषय अध्ययन गर्न चाहने दलित विद्यार्थी लागि निःशुल्क पठनपाठन व्यवस्था मिलाउने भएको छ ।सिरहामा शनिबार आयोजित एका कार्यक्रममा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले दलित विद्यार्थीलाई सरकारले नै चिकित्सा विषय बढाउने घोषणा गरेका हुन् ।
 उनले सबै दलित विद्यार्थीका लागि १ देखि कक्षा १२ सम्मको शिक्षा यसअघि नै निःशुल्क गरिसकिएको पनि बताए । पोखरलले अबदेखि प्रानाध्यापकको नियुक्ति ज्येष्ठतका आधारमा नभई योग्यता र क्षमताका आधारमा हुने व्यवस्था गरेको बताए । सरकारले विद्यालयलाई लथालिंग बनाउनबाट रोक्न र शैक्षिक बेथिति अन्त्य गर्न ऐन संशोधन गरेको दाबी गरे । उनले अबदेखि हरेक पाँच वर्षमा शिक्षाको सरुवा हुने व्यवस्था एनेमा रहेको बताए । पोखरेलले माध्यामिक तहसम्मको शिक्षा अनिवार्य र निशुल्क गरिएको भन्दै कक्षा १२ सम्मको शिक्षा समेत क्रमशः निःशुल्क र अनिवार्य बनाउने योजना रहेको जनाए ।
 यस्तै पोखरेलले कक्षा ८ को परीक्षा जिल्ला स्तरीय र १२ को परीक्षा क्षेत्रीय स्तरीय हुने जानकारी दिए । संघीय संरचना लागू भएपछि भने कक्षा १२ को शिक्षालाई प्रदेश स्तरको बनाउने तयारी सरकारले गरेको बताए ।

, , , ,

0 comments

Write Down Your Responses