मलेसियामा समेत यसरी माछा मार्दै बल्छी धुर्वे हेर्नुस भिडियो सहित

काठमाडौं–हालै मलेसियामा सम्पन्न ‘रिमिक्स धमाका ११’ मा मरिचमान श्रेष्ठ ‘बल्छि धुर्वे’ ले दर्शकको मन जित्नुको साथसाथै दर्शकलाई हँसाउन सफल भएका छन् । दर्शकको रोजाईंमा परेका हास्यकलाकार श्रेष्ठ स्टेजमा निकै जमेका कलाकारमध्येका एक हुन् । मलेसियामा उनले आफ्ना कला प्रस्तुत गरिरहँदा त्यहाँ दर्शकले स्टेज नै भरिएको थियो ।
नेपालमा होस् या विदेशमा जहाँ गएपनि माछा मार्न नछाड्ने बल्छीले मलेसियामा गएर पनि माछा मारेका थिए । धेरै समयपछि विदेशमा गएर माछा मार्न पाउँदा निकै रमाइलो भएको बताउँदै उनले भने, ‘सफलतापूर्वक कार्यक्रम सम्पन्न भएको र आफूलाई दर्शकले रुचाइदिएकोमा खुसी छु ।’ आधुनिक गीत समेत बजारमा ल्याएका बल्छीले आफ्नो प्रस्तुती देखाउँदा आफू वरीपरीको विषयलाई टिपेर हास्यव्यंग्य शैलीमा आफ्नो प्रस्तुती देखाउने गर्छन् ।
 दोस्रो पटक मलेसिया पुगेका बल्छीसँगै नायक जीवन लुइटेल, नायिका वर्षा राउत, रमेशराज भट्टराई र सावित्री जोशी पनि थिए ।

, ,

0 comments

Write Down Your Responses