दश वर्षीय बालकको तौल १९२ किलोग्राम पुरा हेर्नुस फोटो फिगर सहित

इन्डोनेशियाको पश्चिमी जावा प्रान्तको एक दश वर्षीय बालक विश्वको सबैभन्दा मोटा भएको डेली मेलले जनाएको छ। १९२ किलो तौल भएका आर्या पेर्माना विश्वको सबैभन्दा मोटो व्यक्ति भएको खुलेको छ। आर्याले दिनमा पाँच पटक खाना खान्छन् र निकै मोटो भएकाले हिँड्न गाह्रो भए पनि स्कूल जान भने छोडेका छैनन्। 
‘पेर्माना जन्मदा ३.२ किलो मात्रै थियो। तर, दुई वर्षपछि अकस्मात रूपमा मोटो हुन थालेको थियो,’ उनकी आमाले भनिन्। हाल उनले हरेक दिन एक पटकमा माछा, मासु, सागसब्जी र भातसहित एक सामान्य मानिसले खाने खानाको दोब्बर खाने गरेका छन् र त्यो पनि एक दिनमा पाँच पटक खाने गरेका छन्। उनका बुवा-आमाले धेरै डक्टरहरूलाई देखाएता पनि हालसम्म मोटो हुनाको कारण पत्ता लगाउन सकेको छैन।

, , , ,

0 comments

Write Down Your Responses