प्रख्यात नामले चिन्ने आगनको मिठाइ अखाद्य घ्यूमा झिंगा र कमिला डुबेको भेटियो सुधार्न तीन दिनको समय दिइएको छ पुरा पढ्नुस र शेर र कमेन्ट गर्नुस

२२ असार, काठमाडौं । आगन मिठाइ भण्डारका नामले चिनिने पशुआपूर्ति मन्त्री गणेशमान पुन नेतृत्वको अनुगमन टोलीले बुधबार मिठाइ उत्पादनमा प्रयोग गर्ने घ्यू, तेल र अन्य बस्तु अखाद्य भेटेको हो । ललितपुर औद्योगिक क्षेत्रभित्र रहेको मिठाइ उत्पादन केन्द्रमा भएको अनुगमनमा यस्तो फोहोर भेटिएको हो । 
‘मिठाइमा प्रयोग भएको घ्यु तेलमा झिंगा र कमिला डुबेर मरिरहेको भेेटेपछि, त्यो सबै फ्यालिदियौं,’ आपूर्ति विभागका निर्देशक लक्ष्मण श्रेष्ठले भने, ‘मिठाइमा प्रयोग हुने पिठो लगाएतका अन्य बस्तु पनि फोहोर र झिँगा भन्किरहेको भेटेपछि गुणस्तर जाँच गर्न पठाएका छौं ।’ यस्तै म्याद सकिएको मिठाइलाई पनि पुनः संकलन गरी मिठाइ बनाउने गरेको पाइएको विभागले जनाएको छ ।
 यसैगरी मिठाइमा प्रयोग गर्ने पानी समेत फोहोर पाइएको, पकाउने भाडा समेत सफा नपाइएको विभागले जनाएको छ । विभागले मिठाइ उत्पादन गर्ने बस्तुको गुणस्तर जाँचको रिपोर्टका आधारमा कारबाही गर्ने बताएको छ । रिपोर्ट नआउँदासम्म सफा तरिकाले मिठाइ उत्पादन गर्न निर्देशन दिइएको महानिर्देशक श्रेष्ठले बताए । मार्टिन कम्पनीको आइसक्रिम पनि अखाद्य अनुगमन टोलीले बुधबार ललितपुरका केही पानी कम्पनी, दूध र आइसक्रिमको अनुगमन गरेको हो ।
 अनुगमनमा मार्टिन कम्पनीको आइसक्रिमको एक्स्पाएर डेट नभएको, भएको पनि अस्पष्ट भेटिएपछि सुधार्न तीन दिनको समय दिइएको छ । यस्तै निर्माता कम्पनी रजिष्टर नभएको, खाद्य प्रविधि तथा गुणस्तर विभागबाट खाद्य अनुज्ञा पत्र नलिएको पनि भेटिएको छ ।
 मन्त्री पुनले मंगलबारदेखि आकस्मीक बजार अनुगमन गरिरहेका छन् । उनले मंगलबार कालिमाटी र बल्खुका तरकारी तथा फलफूल थोक बजारको अनुगमन गरेका थिए ।पति फुड्स प्रा.लीले उत्पादन गर्ने मिठाइमा अखाद्य वस्तु प्रयोग भएको भेटिएको छ ।

, , , ,

0 comments

Write Down Your Responses