श्रीमतीलाई बढी यौनइच्छा हुँदा खेरी कसरी पुरा गर्ने त ? पुरा पढ्नुस जनिराख्नुस
यौन सुख शारीरिक सन्तुष्टिका लागि मात्र नभएर प्रेम सौहार्दका लागि पनि आवश्यक छ । त्यसैले शारीरिक सम्पर्क दुवै पक्षलाई हरेक प्रकारले सन्तुष्टि दिने किसिमको हुनुपर्छ । रीनाको भर्खर–भर्खर विवाह भएको थियो । विवाहको रात श्रीमानले उनलाई धेरै माया गरे । श्रीमान्को माया पाएर रीनाको मन खुशीले नाच्न थाल्यो । पहिलो रातमै दुवैले यौन सम्पर्कबाट पर्याप्त आनन्द लिए । विवाहको केही महिनासम्म त दुवै यौन सम्पर्कबाट खुशी थिए । तर जव उनका श्रीमान् आफ्ना व्यावसायिक गतिविधितिर व्यस्त हुन थाले, रीनालाई आफ्ना श्रीमान् स्वार्थी भएको अनुभव हुन थाल्यो ।
जव श्रीमान्लाई यौन सम्पर्कको आवश्यकता हुन्छ, उनी यसका लागि तयार हुन्छन् तर जव उनलाई यसप्रति रुचि हुँदैन त्यसबेला उनी श्रीमतीको वास्ता गर्दैनन् । के सबै श्रीमान् यौन सम्पर्कका बारेमा यस्तै स्वार्थी हुन्छन् ? भन्ने प्रश्नले रीनालाई घेर्न थाल्यो ।
विवाहपछि श्रीमान्–श्रीमती बीचको यौन सम्पर्क एउटा स्वाभाविक क्रिया हो जसलाई सम्पन्न गरेर दुवै आनन्दित हुन्छन् । तर केही महिलाहरुका अनुसार प्रेम वा यौन सम्पर्कका बारेमा श्रीमान्हरु स्वार्थी हुन्छन् ।
उनीहरुका अनुसार श्रीमान् आफ्नी श्रीमतीलाई यौन सम्पर्कका लागि नै माया गर्छन् र श्रीमती भने श्रीमान्का माया पाउनका लागि नै यौन सम्पर्कमा उनीहरुलाई साथ दिन्छन् । केही श्रीमतीहरुका विचारमा श्रीमान्को आँखामा यौन सम्पर्क नै घुमिरहेको हुन्छ । त्यसैले उनीहरु आफ्नै श्रीमती सिंगारिएको वा खुशी भएको बेलामा तुरुन्तै यौन सम्पर्कका लागि तयार हुन्छन् भने श्रीमती अरु नै कारणले सिँगारिएका वा खुशी भएका हुन्छन् । वास्तवमा मायाका सम्बन्धमा श्रीमान्हरु स्वार्थी हुन्छन् भन्ने कुरा साँचो होइन । कुनै पनि स्त्री–पुरुषमा पुरुषले नै यौन सम्पर्कको पहल गर्छन् भने स्त्रीहरु प्रायः मौन रहन्छन् । लाजको बन्धनमा बाँधिएर उनीहरु चुप रहन्छन् र आफ्नो इच्छालाई लुकाएर राख्ने पयास गर्छन् । तुलनात्मक रुपमा पुरुष महिलाभन्दा यौन सम्पर्क र प्रेम प्रकट गर्ने कुरामा खुला हुन्छन् ।
त्यसैले जव त्यतातिर रुचि बढ्छ तव उनीहरु आफ्नी श्रीमतीलाई भनिहाल्छन् । पुरुषको यही अभिव्यक्तिलाई केही महिला स्वार्थको नाम दिन्छन् ।
यौन सम्पर्क श्रीमान्–श्रीमती दुवैका लागि आवश्यक कुरा हो । यो क्रियालाई श्रीमान्–श्रीमती दुवै चिन्तामुक्त भएर सम्पन्न गरे शरीर छुट्टै भए पनि मानसिक रुपले दुवै एक भएको अनुभव गर्छन् । यसले एक–अर्काप्रतिको माया, प्रेम एवं घनिष्ठता बढ्छ । यौन क्रियाकलाप श्रीमान÷श्रीमतीबीचको व्यक्तिगत सम्बन्ध हो जसले उनीहरुको गृहस्थ जीवनलाई बलियो बनाउँछ । त्यसो त श्रीमान श्रीमती यौन क्रियाकलाप विना पनि एक अर्कालाई माया गर्छन् एक–अर्काको इच्छा बुझ्दछन्, आपसमा विश्वास गर्छन् अनि एकअर्काका कोमल भावनालाई सम्मान गर्दछन् ।
यी सबै भावनाले एक–अर्काप्रतिको प्रेम नै दर्साउँछ, किनभने कतिपय महिलाका श्रीमान् आफ्नी श्रीमतीसँग यौन सम्पर्क त गर्छन् तर उनीहरु न त आफ्नो घरप्रतिको जिम्मेवारी बहन गर्छन् न आफ्नी श्रीमतीलाई विश्वास नै, न उनीहरुसँग भावनात्मक वा मानसिक रुपले जोडिएको नै हुन्छन् । यस्ता पुरुषहरुलाई चाहिँ यौन सम्पर्कका बारेमा स्वार्थी भन्न सकिन्छ तर सबै पुरुषमा त्यस्तो प्रवृत्ति हुँदैन ।
यौन क्रियाकलापको उत्पत्ति महिलाबाटै हुन्छ । कुनै पनि श्रीमतीले त्यसबेला आफूखुशी र आनन्दित भएको अनुभव गर्छिन्, जुन बेला उनी आफ्ना श्रीमान्को अँगालोमा बाँधिएकी हुन्छिन् ।
श्रीमानहरु आफ्नो व्यवसायिक व्यस्तताले गर्दा हतारमा यौन क्रियाकलाप गर्छन् र अर्कोतिर फर्किएर सुत्छन् भन्ने गुनासो प्रायः श्रीमतीहरुको हुन्छ ।
यस्तो व्यवहारले श्रमिान्लाई त कुनै फरक पर्दैन तर श्रीमतीहरुलाई पर्याप्त असर पर्छ । यौनका सम्बन्धमा पूर्ण सन्तुष्टि नहुनु र मेशिनले जस्तो छितो काम सक्ने प्रक्रियामा महिलाहरुले आनन्द प्राप्त गर्न सक्दैनन् । यस्तो स्थितिमा आफू कुनै वस्तु हो, जसलाई श्रीमान्ले आफ्नो सन्तुष्टिका लागि प्रयोग गर्छन् भन्ने धारणा श्रीमतीहरूमा देखा पर्न सक्छ । भर्खरै विवाह भएका श्रीमतीहरुलाई यौन सम्पर्कप्रति जागरुक हुन केही समय लाग्छ । यस्तो स्थितिमा श्रीमान्हरुले उनीहरुलाई आवश्यक समय दिनु पर्छ । उनीहरुलाई शारीरिक एवं मानसिक रुपले तयार हुन दिनु पर्छ अर्थात् हतारिनु हुँदैन । महिलाहरुको कोमल भावना अनुसार उनीहरुसँग कुराकानी गर्नु पर्छ । यौन सम्पर्क गर्नु अघि सबै कुरा बिर्सिएर पूर्ण मनयोगले श्रीमतीलाई माया गर्छु भन्ने महसूस गराउनु पर्छ ।


0 comments
Write Down Your Responses