रातभर यस्तो बाढीको ड्युटी ! आलोपालो गरेर सुत्छन् बाढीपीडित हेर्नुस फोटोफिचर सहित
साता अघि भोटेकोशी नदिमा आकस्मिक रुपमा आएको बाढीले अहिले पनि नदि किनार नजिकका बासिन्दा राम्ररी निदाउन सकेका छैनन्। पीडितहरु अहिले रातको समयमा बाढीको ड्युटी बस्ने गरेका छन्। अरनिको राजमार्ग अन्तर्गत बाह्रविसेदेखि लिपिङसम्मका अधिकांश बाढीपीडित अहिले आधा रात मात्रै सुत्ने गरेका हुन्। सुतेका घरका सदस्य उठेपछि अर्काे व्यक्ति सुत्ने गर्ने गरेका छन्।
राम्चे ७ का रुपक तामाङ बाढी आएकै दिनदेखि अनिदों हुन बाध्य बने। उनको घरको जगलाई बाढीले केही क्षति पुर्याएको छ। पानीकोे वहाव बढ्नासाथ घरभित्रै पानी पस्न सक्ने उनले बताए।
कुनै पनि बेला बाढी आउन सक्ने भएकाले घरभित्रैको परिवार सदस्य आधा आधा मात्रै सुत्ने गरेको उनले सुनाए। उनकाअनुसार एक जना सुत्दा अर्काे व्यक्ति बाढी आउने नआउने हेरेर बस्ने गरिएको छ। ‘श्रीमती सुत्दा म बाढीको ड्युटी गर्छु, म सुत्दा उनी’ उनी भन्छन्, ‘आलोपालो सुत्ने गरेका छौं।’
‘अनिदों रहेर बाढीको ड्य्टी बस्नु परेको छ,’ तामाङ भन्छन्, ‘कुनै पनि बेला बाढी आउला कि भन्ने भय छ।’ उनले अर्काे बैकल्पिक स्थान नभएको र खोलासँगै जोडिएको घरमा बस्नुपर्ने बाध्यता भएकाले निद्रा माया मार्नुपर्ने अवस्था आएको बताए।
राम्चेस्थित खोला किनारमै भएको घरबाहेर अर्काे बैकल्पिक बासको व्यवस्था नभएकाले उनको परिवार त्यही घरमा बस्न बाध्य बनेका हुन्।
बाढी आएको दिन अधिकाशंको बास जंगल तथा बारीको पाटामा भएको थियो। बर्खाको समयमा तत्कालका लागि बैकल्पिक बास बनाउन समस्या रहेको बाढीपीडित बताउँछन्। घरमा बालबच्चा केटाकेटी तथा बृद्ध बृद्धा हुने भएकाले रातको समयमा बाढी आएको खण्डमा सुरक्षित स्थानमा जान नसकिने भएकाले बाढीका लागि ड्युटी बस्नु परेको रुपकले बताए। उनकाअनुसार बाह्रविसे छेउछाउ नदि किनारमा घर भएकाहरु आधा निद्रा मात्रै सुत्ने गरेका छन्। कुनै पनि बेला बाढी आउन सक्ने भयका कारण बाढीपीडीतले यस्तो समस्या भोग्नु परेको हो।
‘
त्यो दिन आएको आवाज अझै पनि बेला–बेलामा कानमा गुन्जिन्छ, अनि लाग्छ फेरि बाढी आयो कि,’ बाह्रविसेकै केशव प्रसाईं भन्छन्, ‘त्यही भएर रातभर निद्रा पर्दैन।’ उनले आधाजसो रातको समय अनिदों भएर बस्ने गरेको सुनाए। मंगलबार बाक्लो लेदोसहित ठूला ठूला ढुंगा बगाउँदै बाढी आएको थियो। त्यो बाढीले बाढीले बाह्रविसे पुलमा सिधै हानेपछि क्षति पु¥याएको छ। ‘फेरि आउला कि जस्तो लाग्छ,’ उनी भन्छन्, ‘साथीहरु हुँदा आधा–आधा सुतिन्छ, ज्यानको माया त हुँदो रहेछ नि।’ उनले बाढीकै कारण सबै त्रसित भएकाले धेरैजसो बाह्रविसेवासी मध्य रातसम्म पनि नसुत्ने गरेको सुनाए।
छिमेकी मुलुक चीनमा भीषण पानी परेको कारण सिन्धुपाल्चोकको भोटेकोशी नदिमा आएको बाढी साता बितिसक्दा पनि सन्त्रासमै छन्। भीमकाय पहिरो जाने खालका बाढीले सबैलाई त्रसित बनाएको हो। ‘हुन पनि अहिलेसम्म यस्तो बाढीको समना गर्नुपरेको थिएन,’ बाह्रविसेमा बस्ने नेपाली कांग्रेसका विद्यार्थी नेता युधिर पौडेलले भने, ‘बाढी विर्सन नसकेकाले पीडितहरु बाढीकै ड्युटी गर्नुपर्ने बाध्यतामा छन्।
’ उनले त्रास नहटुञ्जेल सरकारले पीडितलाई सुरक्षित र भयरहित वातावरणमा राखे बेस हुने बताए।
मंगलबारको बाढीले पुलमा क्षति पु¥याएकाले पनि बाह्रविसेवासी चिन्तित बनेका छन्। खोला बढेर आएको खण्डमा पुलको क्षति पुगेको स्थान बगाउन सक्छ। पुल बगेर छेउबाट माटो बग्न थालेको खण्डमा सानै बाढीले पनि जमिन कटान गरेर केही घर बगाउन सक्छ। ‘जोखिम भएकैले पनि अहिले बाह्रविसेवासी एउटै परिवारमा बाढी आए÷नआएको हेर्नका लागि आलोपालो सुत्न बाध्य छन्।’ युधिरले भने।

0 comments
Write Down Your Responses