५ झुट जसले सम्बन्धलाई टुटाइदिन सक्छन् कतै तपैले नि झुट काम कुरा गरेर टुडेको छैन यस्ता झुट कहिले नगर्नुस पुरा हेर्नुस खबर

सम्बन्ध चाहे जुनसुकै होस् यदि त्यसमा विश्वास, प्रेम तथा एक अर्कोप्रति गरिने इज्जतको अभाव छ भने त्यस्तो सम्बन्ध हुनु र नहुनुको कुनै अर्थ रहँदैन । सम्बन्धमा इमान्दारीता हुनु सबैभन्दा महत्वपूर्ण हुन्छ । जबसम्म इमान्दारीता रहन्छ तबसम्म कुनैपनि आँधीबेहेरीले सम्बन्धलाई हल्लाउन सक्दैन तर यदि सम्बन्धमा झुटको प्रवेश भयो भने त्यसले सम्बन्ध टुटाउन कुनै बेर लाग्दैन ।
 आमरुपमा मानिसहरु सधै साधुजस्तै सत्य बोल्न सायद सम्भव पनि छैन होला । त्यसलै आपसी सम्बन्धमा पनि साना ठूला झुट बोलिएकै हुन्छ । मानिसहरुले दाम्पत्य सम्बन्धमा बोल्ने मुख्य ५ झुट जसले सम्बन्धलाई टुटाइदिन सक्दछन् ती यस्ता छन्ः १. के तपाइँलाई लाग्दछ की ऊ केवल तपाइँको मात्रै हो ? ऊ केवल तपाइँकै बारेमा मात्र सोँच्दछ ? हुनसक्छ उसले तपाइँलाई धोका दिइरहेको हुनसक्छ । उसको जिवनमा तपाइँ बाहेक अरुपनि हुनसक्छ र त्यो कुरा उसले लुकाइरहेको हुनसक्छ ।
 आफ्नो विवाह भैसकेको वा अफेयरमा रहेको कुरा लुकाउनु यस्तो झुट हो, जुन धेरैले बोल्दछन् । त्यसैले सम्बन्धको सुरुवात गर्नुअघि यस विषयमा आस्वस्त भएर मात्र अघि बढ्नु आवश्यक हुन्छ । २. कहिलेकाहीँ मानिसहरु आफ्नो आर्थिक अवस्थाको विषयमा पनि झुटो बोल्दछन् । सामुन्नेको मानिसलाई प्रभावित पार्नका लािग झुटो शान तथा रवाफ देखाउने बानी हुन्छ धेरैको । प्रेम वा दाम्पत्य सम्बन्धमा समेत आर्थिक अवस्थाको विषयमा झुटो बोल्ने धृष्टता गर्नु निकै प्रत्युत्पादक हुने निश्चित हुनछ ।
 त्यसैले कसैसँग सम्बन्धको सुरुवात गर्नुअघि उसले देखाउने आर्थिक हैसियतको रवाफका विषयमा राम्रोसँग क्रसचेक गर्नु आवश्यक हुन्छ । ३. कहिलेकाहीँ मानिसहरु परिवारसँग सम्बन्धि विषयमा पनि झुटो बोल्दछन् । आफ्नो परिवारका मानिसहरुको व्यवहार तथा उनीहरुका अन्य विषयमा पनि सही कुरा बोल्दैनन् । ४. कहिलेकाहीँ मानिसहरुले दोहोरो चरित्रमा सम्बन्धलाई अघि बढाउँछन् ।
 उनीहरुको वास्तविकता एउटा हुन्छ तर अर्कै रुपमा प्रस्तुत हुन्छन् । तर यस्तो झुट लामो समयसम्म टिक्दैन र कुनैदिन वास्तविक कुरा बाहिर आएरै छाड्छ । ५. कहिलेकाहीँ मानिसहरु आफ्नो रोगको विषयलाई पनि लुकाउँछन् । जिउमा कुनै रोग भएपनि स्वस्थ रहेको झुट बोल्दछन् र सोही अनुरुपको व्यवहार गर्दछन् । तर यसरी कुनै बिमारी लुकाउनुले सम्बन्धमा दरार त ल्याउँछ नै जिवनलाई नै बर्बाद गरिदिन सक्छ ।

, , , ,

0 comments

Write Down Your Responses