होशियार रहनुस ! गर्भावस्थामा झुक्याउने यी १० खतरा पुरा पढ्नुस जनिराख्नुस

लुम्बिनी मेडिकल कलेज,पाल्पा गर्भावस्थामा विभिन्न परिवर्तन हुनु, कहिलेकाहीा बान्ता हुनु, हातखुट्टा गल्नु, पेटमा असजिलो हुनु सामान्य कुरा हुन् । तर, यिनै सामान्य कुरा कहिलेकाहीा असामान्य भएर अगाडि आइदिन सक्छ । कस्तो अवस्थामा गर्भवती महिला र पेटको बच्चालाई खतरा हुनसक्छ ? नयाँ पत्रिकाका भिषा काफ्लेले स्त्रीरोग विशेषज्ञ डा. बबिता थापालाई प्रश्न सोधे : रक्तश्राव गर्भ बसेको २२ हप्ता (अर्ली प्रिग्नेन्सी) र २८ हप्तापछि लेट प्रिग्नेन्सी रक्तश्राव हुनुलाई सबैभन्दा खतरनाक मानिन्छ । यो बीचको समयमा रक्तश्रावको समस्या खासै देखिँदैन ।
 २२ हप्ताअघि रक्तश्राव भएमा बच्चा खेर जाने सम्भावना हुनुका साथै बच्चा पाठेघरमा नभई ट्युबमा गएर बसेको हुनसक्छ । २२ हप्तापछि रक्तश्राव भएमा साल पहिले नै छुटेको या हुनुपर्ने स्थानभन्दा तल बसेको संकेतको रूपमा बुझ्नुपर्छ । रक्तश्राव भएमा तत्काल स्वास्थ्य संस्थामा गई चिकित्सकसँग परामर्श लिएर उपचार गर्नुपर्छ । वेलैमा उपचार नभए बच्चा त खेर जान्छ नै, आमाको ज्यान पनि जोखिममा हुन्छ । पेट दुख्ने गर्भवती हुँदा पेटमा असजिलो हुनु स्वाभाविक नै हो । यस्तो असजिलोलाई महिलाले पेट दुखेको भनेर अस्पताल पुग्ने गर्छन् । केही असजिलो हुनुलाई पेट दुखेको भनिएको हो भने खासै ठूलो कुरा होइन । तर, साँच्चै पेट दुखेकै हो भनेचाहिँ खतराको संकेत हो ।
 साल बच्चाबाट छुट्टिएर बसेको छ या बच्चा ठीक ठाउँमा छैन भने यस्तो लक्षण देखिन्छ । बमिट गर्भावस्थामा हल्काफुल्का बमिट हुनु सामान्य नै मानिन्छ । दिनमा दुई–तीनपटकको बमिट समस्या होइन । तर, लगातार धेरै बमिट हुन्छ भने खतराको लक्षण भनेर बुझ्नुपर्छ । २२ हप्ताअघि लगातार बमिट हुन्छ भने त्यसले आमालाई जलवियोजन बनाउनुका साथै आमा र बच्चा दुवैलाई पोषण पुग्दैन । २२ हप्तापछि लगातार बमिट हुन्छ भने त्यो उच्च रक्तचापको संकेत हुनसक्छ । बच्चा कम चल्ने पहिलो बच्चा गर्भमा छ भने २० हप्तापछि आमाले पेटभित्र बच्चा चलेको महसुस गर्न सक्छन् । यदि दोस्रो या सोपछिको गर्भ हो भने १८ हप्तामा नै बच्चा चलेको आमालाई थाहा हुन्छ । विशेष गरी २८ हप्तादेखि बच्चा चले/नचलेको चिकित्सकले जाँच्ने चलन छ । १२ घन्टामा बच्चा १० पटकभन्दा कम चलेमा गर्भभित्रै बच्चालाई अप्ठ्यारो भएको हुनसक्छ । यो कुरामा आमाले विशेष ख्याल गर्नुपर्छ ।
 पेट दुख्दै, छोड्दै गर्ने गर्भ बसेको सात–आठ महिना पुगेपछि पेट दुख्दै, छोड्दै गर्नु भनेको व्यथा लाग्ने संकेत हो । ३४ हप्ताभन्दा कम उमेरको बच्चा बचाउन कठिन हुन्छ । यो समयमा पेट बढी दुख्ने गरेमा तत्काल स्वास्थ्य संस्थामा जानुपर्छ । बढी पानी जाने सामान्यत: गर्भावस्थामा बढी नै पिसाब लाग्छ । तर, चौलानीजस्तो पिसाब ठूलो भोल्युममा लगातार हुन थाल्यो भने आमा र बच्चा दुवैलाई खतरा हुनसक्छ । यस्तो पानी बढी बहँदा आमा र बच्चा विभिन्न खाले संक्रमणको सिकार बन्न सक्छन् । हातखुट्टा सुन्निने/टाउको दुख्ने गर्भावस्थामा हातखुट्टा सुन्निन सक्छ । यस्तो हुनु भनेको रक्तचाप बढ्ने संकेत हो । रक्तचाप बढ्दा आमा र बच्चाले पाउने पोषणमा तल–माथि हुनसक्छ । धेरै टाउको दुख्नु र आँखा धमिलो हुँदै जानु पनि उच्च रक्तचापको संकेत हो । 
पिसाब फेरेपछि तल्लो पेट दुख्ने/पिसाबमा रगत देखिने पिसाबमा रगत देखिने भनेको आमा र बच्चा दुवैलाई विभिन्न किसिमका संक्रमणले आक्रमण गर्नु हो । पिसाबमा हुने संक्रमणको कारणले पिसाब फेरिसकेपछि तल्लो पेट दुख्नसक्छ । पिसाबमा रगत देखिएमा त्यसले संक्रमण गराई आमालाई ज्वरो आउने, समय नपुगी व्यथा लाग्ने हुनसक्छ । बच्चा नजन्मँदै संक्रमित हुनेदेखि कम तौलको जन्मन सक्छ। सेतो पानी बग्ने योनीबाट सेतो पानी बग्नु पनि गर्भवती महिला र बच्चाका लागि खतराको संकेत हो । यस्तो पानीले आमा र बच्चालाई चाँडै विभिन्न किसिमको संक्रमण गराउँछ । यदि समयमै यसको उपचार गरेर संक्रमण रोकथाम गर्न सकिएन भने आमा र बच्चा दुवैको ज्यानमा खतरा हुन्छ । रुघाखोकी गर्भवती महिलालाई रुघाखोकीको संक्रमण बढी नै हुनसक्छ । तर, रुघाखोकी हो भन्दैमा झारा टारेर बस्नु हुँदैन । स्वास्थ्यकर्मीको सल्लाह लिएर उपचार गर्नुपर्छ । रुघाखोकीले फोक्सोमा समस्या पार्ने हुँदा आमा र बच्चा दुवैलाई असर गर्छ। नयाँ पत्रिकामा खबर छ ।

, , ,

0 comments

Write Down Your Responses