युरोकप फाईनलमा फ्रान्स र पोर्चुगलको यस्तो महाभिडन्त एक पटक सबैले भिडियो सियर गर्नुस
पेरिस, आइतबार युरो २०१६ को फाइनलमा आयोजक फ्रान्स र क्रिस्टियानो रोनाल्डोको पोर्चुगलबीच फाइनल हुँदैछ। फाइनल खेल नेपाली समयअनुसार सोमबार राति पौने एक बजे फ्रान्सको स्टेट डेमा हुनेछ । सेमिफाइनलमा विश्व विजेता जर्मनीलाई पराजित गर्दै फाइनल प्रबेश गरेको फ्रान्स घरेलु दर्शक समक्ष जित निकाल्ने प्रयासमा हुनेछ ।
दोस्रो पटक युरोकप फाइनल पुगेको पोर्चुगल उपाधि आफ्नो पक्षमा पार्ने लक्ष्यका साथ मैदानमा उत्रनेछ । फ्रान्स र पोर्चुगलबीच यसअघि भएका अन्तिम १० खेलमा फ्रान्स अपराजित रहेको छ । रियल मड्रिडका पोर्चुगीच स्टार क्रिष्टियानो रोनाल्डो यसपटक आफ्नो टिमलाई युरोकप उपाधि दिलाउन प्रयासरत रहने छन् ।
तर फ्रान्स र पोर्चुगलबीच यसअघि भएका कुनै पनि खेलमा रोनाल्डोले गोल गर्न सकेका छैनन् । यता, फ्रान्सका एन्टोनीयो ग्रिजम्यान भने जारी युरोकपमा सर्बाधिक गोलकर्ता बनिसकेका छन् । यसअघि फ्रान्स चार पटक युरोकप फाइनल पुगेको छ भने तीन पटक उपाधि जित्न सफल भएको छ ।


0 comments
Write Down Your Responses