युरोमा रोनाल्डोको यस्तो दुःखद् अन्त्य हेर्नुस भिडियो सहित
काठमाडौं फ्रान्सको पेरिस स्थित स्टाडे फ्रान्समा भइरहेको युरो २०१६ को फाइनलअघिसम्म चर्चा पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोकै थियो । अन्तर्राष्ट्रिय फुटबलमा अर्का स्टार लियोनेल मेस्सीको करियरको वियोगान्त अन्त्य भएसँगै धेरैको आँखा रोनाल्डोमाथि थियो ।सम्भवतः अन्तिम युरो खेलिरहेका रोनाल्डोको बिदाई कसरी हुनेछ भन्ने धेरैको चाँसो थियो ।
फाइनलमा उनको प्रदर्शन कस्तो हुन्छ भनेर हेर्न स्टेडियम र टिभी सेटअघि फुटबलका समर्थकहरु उत्सुकतापूर्वक उपस्थित थिए । तर, दुर्भाग्यवस युरोको फाइनलमा रोनाल्डोको पनि दुःखद् अन्त्य भएको छ ।खेलको पहिलो हाफको मध्यमा नै रोनाल्डो घाइते हुँदै मैदान छाड्नुपरेको छ । खेलको आठौं मिनेटमा फ्रान्सका डिमिट्री पायेटले फल हानेपछि रोनाल्डो घाइते बनेका थिए ।
विश्वकै फिट खेलाडीमध्ये मानिने रोनाल्डोले त्यसपछि पनि घुँडामा ब्यान्डेज बाँधेर खेल्ने प्रयास गरे पनि अन्ततः खेलको २४ औं मिनेटमा मैदान छ |फाइनल जस्तो खेलमा मैदान छाड्नुपर्दाको दुःख उनले लुकाउन सकिरहेका थिएनन् । उनको आँखाभरि आँशु थियो ।
मैदानमा पोर्चुगलका समर्थकहरु स्तब्ध थिए । स्ट्रेचरमा चढेर मैदान छाडिरहँदा विपक्षी टोलीका प्रशिक्षकले पनि रोनाल्डोलाई सान्तवना दिन आएका थिए । समाचार तयार पार्दासम्म पहिलो हाफको खेल जारी रहँदा खेल गोलरहित बराबरीमा रहेको छ । पोर्चुगलले खेल जिते अझै पनि रोनाल्डोको सुखद् बिदाई हुने सम्भावना भने बाँकी छ ।


0 comments
Write Down Your Responses