युवा संघ कार्यकर्ताले आफ्नै नेतालाई खुकुरीले यसरी काटे नेता भए अस्पताल भर्ना हेर्नुस फोटोफिचर सहित
विराटनगर
विराटनगरमा एमाले निटक युवा संघका नेतालाई आफ्नै साथीले खुकुरीले काटेका छन् ।
घटनापछि गम्भीर घाइते भएका युवा संघ नेपाल कोशी अञ्चल कमिटी सदस्य एवं युवा परिचालन विभाग प्रमुख हरि बस्नेतलाई अस्पताल भर्ना गरिएको छ ।
उनको हात र शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ । लेनदेनको विषयमा विवाद भई बस्नेतसँगै मिलेर पहिले काम गरेको रेगन कँडेल समूहले नै उनलाई आक्रमण गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सोमबार राति भएको घटना लगत्तै प्रहरीले विराटनगरमा घटनामा संलग्नको खोजीलाई तीव्र पारेको मोरंगका एसपी सन्दीपराज भण्डारीले बताए ।
पछिल्लो समय विराटनगरमा खुकुरी हानाहानका घटना बढेका छन् ।
बगरगाछीमा युवा समूहबीच खुकुरी हानाहानको घटना भए लगत्तै फेरि महेन्द्र चौकमा त्यस्तै घटना भएको छ ।
होटलमा खाना खाएर निस्कने क्रममा बस्नेतमाथि आक्रमण भएको बताइएको छ । युवा संघ कोशी अञ्चल अध्यक्ष रोहित कोइरालाले अपराधिक समूहबाट आक्रमण भएको विज्ञप्ति मार्फत जानकारी गराएका छन् ।


0 comments
Write Down Your Responses