जब यसरी एक्कासी मध्यरातमा भोटेकोशी बहुलायो हेर्नुस भिडियो सहित

बाह्रबिसे सिन्धुपाल्चोक असार २३ । नेपाल चीन सीमा क्षेत्रबाट दुई किलोमिटर उत्तरमा रहेको चिनियाँ क्षेत्रमा गएको पहिरोले भोटेकोशी थुनिएपछि स्थानीयबासीलाई त्रसित बनायो। मंगलबार राति गएको पहिरोले थुनेको भोटेकोशीमा बाढी आएपछि सिन्धुपाल्चोकको बाह्रबीसे, तातोपानी र दशकिलो क्षेत्रका बासिन्दाबीच भागाभाग भएको थियो।
 भोटेकोशीमा मध्यराति एक्कासी बाढी आउँदा सीमाक्षेत्रमा एक विद्यालयसहित २१ घर बगाएको छ। बाढीले भोटेकेशी जलविद्युत आयोजनाको ड्याम बगाउनुका साथै उत्पादन गृहमा समेत क्षति पुर्यायो।चीनतर्फ भएको वर्षातका कारण भोटेकोशीमा अचानक आएको बाढीले राजमार्ग र सीमाक्षेत्रका संरचनामा क्षति पुर्याएको हो। नदी बढ्ने बित्तिकै अपनाइएको सतर्कताका कारण मानवीय क्षति हुन नपाएको स्थानीय प्रशासनले जनाएको छ।
 राति बाढी आएपछि कोदारीदेखि लिपिङसम्म साढे तीन सयभन्दा बढी बासिन्दा छाडेर डाँडामा बसेका छन्। बाढी बजार र सडकमा पसेपछि सुरक्षित स्थानको खोजीमा उनीहरु तातोपानीको चौकी र गुम्बा डाँडामा पुगेका थिए।

, ,

0 comments

Write Down Your Responses